< DEUDHUNGA > दोलखा जिल्लाको उत्तरी चीनको सिमानामा करिव ३६ सय मिटर उचाइमा पर्ने देउढुङ्गामा सेती देवी भनेर चिनिने मन्दिर अवस्थित छ । मनले चिताएको कुरा पूरा हुने विस्वास रहेको देउढुङ्गाविगु गा पा वडा नं ७ मा पर्दछ ।रोचक कुरा त के छ भने, पहाडको मध्य भागमा ठडिएको यो ढुङ्गा टाढाबाट हेर्दा झ्याल ढोका जस्तो आकृतिमा आकर्षक घर जस्तो देख्न सकिन्छ। कालिञ्चोक भगवतीको दिदीबहिनी भनेर देउढुङ्गालाई भनिने किम्बदन्ती पनि रहेको छ।पर्यटनको सम्भावना बोकेको भएता पनि प्रचार प्रसार को अभावमा यो ठाउँ गुमनाम छ । यहाँ बाट बौलाहा पोखरी दर्शन गर्न जाने पदमार्ग पनि रहेको छ। एक दिनमै चीन सम्म पैदल हिडेर पुग्न सकिने यो ठाउँ कुनै बेला खाशा व्यापार गर्ने नाकाको रुपमा परिचित थियो।यहाँ प्रत्येक बर्षा श्रावण शुक्ल पूर्णिमाको दिन ठूलो मेला लाग्दछ। चिनको लापटाङ, सेमगिरी लगायत सिन्धुपाल्चोक र दोलखाका मानिसहरु उक्त मेला गर्न देउढुङ्गामा जम्मा हुने गर्दछन् । . 📸Cr. 👉 Kuisang Sherpa . #capturedmemoriesnepal #dolakha #deudhunga #charikot #kalinchowk #shailung #explorenepalofficial #nepal #nepal8thwonder #nepalisbeautiful #explorenepal #travelnepal #ronb #ghumau_nepal #nepaltourism #nepalisheaven #amazingnepal #nepalgram #nepshots #nepaltravel #trekkingnepal #routineofnepalbanda #pokharanepal #kathmandunepal #nepalitiktok #tiktoknepaliofficial #ghumante #nepaldiaries🇳🇵 #nepal_visuals #beautifuldestinations (at Dolakha, Nepal) https://www.instagram.com/p/CEveTm6jTip/?igshid=194k3bggnd869



















