करोना प्रहार
कस्तो समय आयो यो न झरि न बाड्
साथ आउन नसकिने साथ जान नसकिने
माया गर्न टाढॅा बस्न पर्ने
यो करोना करूणा होइन
यो त कस्तो महाकाल बन्यो!
आयो यो कॅंहावाट सोंच् केही दिएन
थाहा लाग्न पर्ने जात केही बताएन
एक्कैचोटि ॲाधिवेह्री बनिने
उत्तर दक्षिण पूर्व पश्चिम कहीॅ यसले छोडेंन
सानो भन्दा सानो सुक्ष्म कोश यो
अणुबम भन्दा तिखो प्रहार गर्ने
त्राही त्राही बनायो यसले वैश्विक महामारी वन्यो यो !
प्रगति शान्ति ठप्प भयो प्रखर मानव अलमल्ल पय्रो
विश्व एैक्य स्थापना भो परास्त करोना बनाउने हो
डाक्टर पुलिस चौकिदार नर्श समाजका दिव्यशक्ति अनि रक्षक
वनिये हताश केही निराश मानव खलनायक अनि क्रुर राक्षस् !
युद्ध यो शुक्ष्म जीवसित न छ ढाल तरवार केही न अस्त्र
केवल केवल बस्नु छ घरभित्र
हप्ता हप्ता महिना महिना वित्छ घरभित्र
छैन केही भेउ खुल्ला सुखमय घडी पलको !
अझ कति भित्रिनु पर्ने यो थाहा बिचार नलाग्न सक्ने
सिमाना छ आज याॅंहा हरियो रातो नारांगी
प्रखर शक्तिशाली पनि बन्यो यॅंहा धराशयी
गिन्ती आज छ यॅंहा केवल वेजान शरीरको
हजारैं ळाखौं आफ्ना सगा - सम्वन्धीको
वांरम्वार भन्न लागे ईतिहास बद्लिने युग आयो
कथा पछि फेरी लेखिने छ यसरी !
एक करोना भायरस कोभिड १९ आयो यॅंहा
जीव मानव प्रहार गर्न या धरालाई स्वच्छ पार्न
या जलवायु परिवर्तन को बिकट समस्या समाधन
जे होस यो करोना प्रहार सारा पृथ्वीमा बन्यो वेमौसमको वर्षात !
यॅंहा हरदिन योद्धा वा:हिरिन्छ जीवन बॅंचाउन
सॅंघार काट्नअघि सोंच्द्छ यहि अन्तिम फिर्छु कि फेरी म ?
वाध्यता कठिन जीवनको ढाॅंडस् छ थप्पडी मान-सम्मानको
सामना छ मृत्यूमुखी महामारी प्रखर करोना भायरसको
हर विबस आत्मा घरभित्र छ उसको बलिदानमा आत्मा तप्त छ
करोना प्रहारको प्रत्येक कथामा मर्म छ !
विश्व एैक्यता देखाउनु छ सारा तथ्य समेट्नु छ
हे विश्व मानव करोना रोकथाम उपाय खोज्नु छ
प्लाजमा रेमडेसिभिर हाईड्रोक्सिक्लोरोकुईन या नॅंया कोभिड १९ भ्याक्सिन्
शिघ्र तयार पार्नु छ करोना प्रहार परास्त गर्नुछ !
समय होइन यो एक अर्काळाई प्रहार गर्ने
आफ- आफूलाई मैं हुॅं भन्ने अनि ठक्करबाजीको
अहॅंकारी दूराचारी नबन तिमी एकजुट् हुनुछ
विश्व मिली तथ्य खोज्नु छ
यो महामारी रोकथाम गर्नु छ
भीषण करोना प्रहार नीसस्र पार्नु छ
करोना परास्त गर्नु छ !!
करोना प्रहार
राधाश्री मोक्तान
सिलगडी 07/05/2020











