#Today Gathe Mangal - The metal day ! नेवा: हरुको आज गथा:मुग चर्हे आज फलाम लगायत बिभिन्न धातुको औठी लागाउने तथा भुतलाइ पुजा गर्ने, खुवाउने गरिन्छ ------------------------------------------------------------------ नेवार समुदायले आज गथांमुगः [गठेमंगल/घण्टाकर्ण] पर्व मनाउँदै छन्। प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गललाई घण्टाकर्ण पर्व पनि भनिन्छ। प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव थियो त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो। उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैंँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने गर्थ्यो। त्यसपछि उसलाई घण्टाकर्ण भनिन थाल्यो। उसले विशेषगरी दोबाटो चौबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मनलागेको खानेकुरा खाने गर्थ्यो। उसको त्यस्तो गतिविधिबाट सर्वसाधारण मानिस आतङ्कित थिए। एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाउने क्रममा आजको दिन बिहानै स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औँठी लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिस्ााएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा राखिन्छ। विभिन्न टोल टोलमा युवाहरु जम्मा भई साँझ आँगो बालेर भूत भगाएका छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ । यस पर्व मनाएमा मानिस विभिन्न रोग, व्याधिबाट मुक्त भई दुःख निवारण हुने जनविश्वास छ। Ghanta Karna (also called Ghanta Karna Chaturdasi and GhantaKarna) is a Newari festival celebrating the defeat of the mythical demon Ghanta-karna ("bell-ears") or "Gatha-Mungal" in local Newari language. According to the myth, the demon wore bell earrings in order to drown out the name of the god Shiva with their jingling. Attributed to him are acts of robbery, murder, and kidnapping of children. The festival is probably a relic of ancient demonolatry in the Kathmandu valley. The festival takes place during the month of Shrawan (July/August).(wikipedia) #photo: Photographer:Suzanne Akiyama, Location: Banepa, Kavrepalanchok, Date:1966-1967, Description:Burning the straw effigy of Ghanta Karna for Gathe Mangal #photomuseumnepal #festival #newapeople #FestvalofNepal #oldphotoofNepal #pcNepalphotoprojectbyDougHall #Gathemangal#newars #thenewars @newariculture #newari @culture_of_newars #culture #newaculture https://www.instagram.com/p/CCza93QBu0D/?igshid=1ggnkwjjl8m4l







