A hands-on review of the Aermoo M1 rugged Smartphone. Featuring an IP68 waterproof rating, a huge5580mAh battery, an SOS button and Walkie Talkie function.
मोटाइ, स्क्रीन साइज, पातलोपना, क्यामरा क्वालिटी, प्रोसेसर स्टोरेजको प्रतिस्पर्धाले गर्दा स्मार्टफोनहरू सस्ता पनि बनेका छन्, जसले गर्दा मध्यम तथा निम्न वर्गीय उपभोक्ता पनि प्रविधिमैत्री बनेका छन्, बन्दैछन् । तर, अहिलेसम्म सस्तो बन्न नसकेको मोबाइलको फिचर हो वाटरप्रुफ ।
किरण आचार्य
काठमाडाैं, १६ चैत्र
फोन, त्यसमा पनि स्मार्टफोन । विश्व प्रविधि बजारको जल्दोबल्दो समाचारको विषय, उपभोक्ताको चासोको विषय । फिचर फोन किन्ने पैसोमा थोरै थप्यो भने स्मार्टफोन किन्न सकिने भएकाले यो सर्वसाधारणको पहुँचमा पुगिसकेको छ । नेपालमै पनि २–३ हजार (सेकेन्ड ह्यान्ड) देखि डेढलाख पर्ने मोबाइलसम्म किन्न पाइन्छ । प्रश्न यो छ कि तपाईं कस्तो फोन किन्न चाहनुहुन्छ ? -याम, स्टोरेज, ब्याट्रि, क्यामरा क्वालिटि वा वाटरप्रुफ कुन फिचर तपाईंको प्राथमिकतामा पर्छ ? याद गर्नुहोस्, ग्राहकहरूकै रुचीअनुसारका फोन बनाउन निर्माताहरू पनि प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।
फिचर फोनको जमानामा विलासिताको रुपमा बुझिने स्मार्टफोन आज प्रमुख आवश्यकता बनिसकेको छ । त्यसैले स्मार्टफोन उत्पादकहरू आफ्ना उपभोक्तालाई आकर्षित गर्न वा चित्त बुझाउन लागिपरेका हुन्छन् । सयौंका संख्यामा स्मार्टफोन ब्राण्डहरू उपभोक्ता तान्न तछाँडमछाड गरिरहेका छन् । मोटाइ, स्क्रीन साइज, पातलोपना, क्यामरा क्वालिटी, प्रोसेसर स्टोरेजको प्रतिस्पर्धाले गर्दा स्मार्टफोनहरू सस्ता पनि बनेका छन्, जसले गर्दा मध्यम तथा निम्न वर्गीय उपभोक्ता पनि प्रविधिमैत्री बनेका छन्, बन्दैछन् । तर, अहिलेसम्म सस्तो बन्न नसकेको मोबाइलको फिचर हो वाटरप्रुफ ।
अझ भन्नुपर्दा अहिलेसम्मको महँगो फिचर नै वाटरप्रुफ बनेको छ । किनकी अन्य सुविधामा चलेका प्रमुख ब्राण्ड भन्दा आधा सस्तो थप फिचरसहितका नयाँ फ्ल्यागशीप फोन उत्पादक बजारमा आइसकेका छन् । तर वाटरप्रुफ फिचर भएका फोनको मूल्य भने घट्न सकेको छैन । यसको कारण हो वाटरप्रुफ सर्टिफिकेसन प्रक्रिया र यसैअनुरुप फोनको हार्डवेयर तथा सफ्टवेयरहरू पनि मिलाउनुपर्ने बाध्यता । वाटरप्रुफ फोनलाई विशेषगरी आइपी ६७ र आइपी ६८ सर्टिफिाइड फोनको रुपमा लिइन्छ । यसको अर्थ हो स्मार्टफोन वा ग्याजेटमा पानी नपस्ने फिचर छ । अर्थात् आइपी रेटिङको मापदण्ड अनुसार कुन फोन वाटरप्रुफ हो वा होइन भन्ने छुट्याउन सकिन्छ । आइपी रेटिङ पास गरेका फोनले मात्र आफूलाई वाटरप्रुफ फोनको रुपमा चिनाउन पाइन्छ ।
विश्व बजारमा वाटरप्रुफ स्मार्टफोन उत्पादक कम्पनीहरू दर्जन बढी छन् । कतिपयले निरन्तर आफ्ना उत्पादन वाटरप्रुफ बनाउँदै आएका छन् भने कतिपयले भविष्यमा यस्ता फोन उत्पादन गर्ने योजना सार्वजनिक गरिरहेका छन् । यद्यपी खर्चिला फोन मानिए पनि अरु भन्न भिन्न फिचरका रुपमा रहेको वाटरप्रुफसँग डस्टप्रुफ फिचर पाइने स्मार्टफोन उत्पादक चर्चित ब्रान्ड भने एक दर्जनको हाराहारीमा छन् । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित खबरलाई आधार मान्ने हो भने मुख्य मुख्य वाटरप्रुफ फोन उत्पादन कम्पनी र तिनका उत्पादनलाई यसरी हेर्न सकिन्छ ।
सामसङः एस एटदेखि एस नाइनसम्म
विश्वको प्रमुख स्मार्टफोन उत्पादक कोरियाली कम्पनी हो सामसङ । कम्पनीले विश्वमै वर्षेनी सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने रेकर्ड निरन्तर कायम गरिरहेको छ । सम्भवतः सामसङ नै यस्तो कम्पनी हो जसको सबैभन्दा बढी वाटरप्रुफ फोन बजारमा छन् । कम्पनीले ग्यालेक्सी सिरिजको एस एटदेखि यताका फ्ल्यागशीप फोनलाई वाटरप्रुफ रेटिङ आइभी ६८ लाइसेन्स लिँदै आएको छ । कम्पनीको हालै सार्वजनिक गरेको ग्यालेक्सी एस नाइन र एस नाइट प्लस पनि वाटरप्रुफ छन् भने ग्यालेक्सी एस एट एक्टिभ र नोट एट पनि वाटरप्रुफ फोन हुन् । एस नाइन र एस नाइन प्लस नेपाली बजारमा पनि भित्रीसकेका छन्, जसको मूल्य क्रमशः ९२ हजार ९ सय र १ लाख ४ हजार ९ सय तोकिएको छ ।
सामसङको वाटरप्रुफ ४ हजार एमएएच व्याट्रि जडित मेटल बडी स्मार्टफोन हो । एस एट र एस एट बजारमा आइसकेपछि गत वर्ष सार्वजनिक भएको यो अपग्रेडेट सिरिज वाटर प्रुफ छ भने यसको सुरुवाती मूल्य ८५० डलर रहेको छ । सामसङको नोट एट पनि निकै चर्चामा रहेको फोन हो । स्न्यापड्रागन ८३५ चिपसेट रहेको यो फोन नोट सिरिजको पछिल्लो फोन हो । यसको नेपाली मूल्य एक लाख माथी छ ।
एप्पलः आइफोन एट, एट प्लसदेखि आइफोन एक्ससम्म
प्रमुख स्मार्टफोन उत्पादक सामसङको स्मार्टफोनहरू वाटरप्रुफ भएपछि दोस्रो उत्पादक एप्पलमा फोन वाटरप्रुफ नहुने त कुरै भएन । त्यसमा पनि महँगा ग्याजेट उत्पादन गर्ने वा महँगो आइटी कम्पनीको नाममा एप्पलको नाम पहिलो नम्बरमा आउँछ । एप्पलले पनि सामसङ जस्तै आफ्नो आठौं सिरिज अर्थात् आइफोन एट र एट प्लसबाट दुई वर्ष यता फ्ल्यागशीपमा वाटरप्रुफ सुविधा थप्न थालेको हो । त्यसैगरी पछिल्लो उत्पादन आइफोन एक्समा पनि यो फिचर कायम नै छ । अन्य सुविधासँगै वाटरप्रुफ पनि रहेको आइफोन एक्स सम्भवतः चल्तीका फ्ल्यागशीपमा महँगो फोन हो ।
आइफोन एक्स आए पनि आइफोन एट र एट प्लसको चर्चा र मूल्य भने अझै घटेको पाइँदैन । आइफोन एक्सको सुरुवाती अन्तर्राष्ट्रिय मूल्य ९९९ डलर रहेको छ भने नेपाली बजारमा ६४ जीवीको आइफोन एक्सको मूल्य एक लाख ३८ हजार रहेको छ भने २५६ जीवीको स्टोरेज वाला फोनलाई एक लाख ५९ हजारसम्म तोकिएको पाइन्छ । सम्बन्धित मुलुकको भ्याट सिस्टमका आधारमा आधिकारिक विक्रीको मूल्य फरक पर्ने गरेको छ । यद्यपी नेपालमा महँगा मूल्यका फोन विदेशबाटै मगाएर बोक्ने चलन पनि छ । तर, सिधै किन्न चाहेमा पनि एप्पलका उत्पादनहरू अफलाइन र अनलाईन दुबै नेपाली मार्केटमा किन्न सकिन्छ । आइफोन एटको अन्तर्राष्ट्रिय सुरुवाती मूल्य ६९९ डलर र एट प्लसको सुरुवाती मूल्य ७९९ डलर रहेको छ । नेपाली बजारमा ६४ जीवीको आइफोन एटको ९८ हजार ५ सय र २५६ जीवीको मूल्य एक लाख १९ हजार ५ सय तोकिएको छ ओलिज स्टोरमा ।
के हो आईपी रेटिङ?
कुनै पनि डिभाइस वाटरप्रुफ छ वा छैन ? छ भने कुन स्तरको वाटरप्रुफ ग्याजेट हो भन्ने मापदण्डलाई इनग्रेस प्रोटेक्सन रेटिङ वा इन्टरनेसनल प्रोटेक्सन रेटिङ (आईपी रेटिङ) भनिन्छ । यो रेटिङलाई इन्टरनेशनल इलेक्ट्रोटेक्निकल कमिसन (आइइसी) ले संरक्षण गरेको छ । आइपी रेटिङमा हाल दुई वटा मापदण्ड चलेका छन्, आइपी ६७ र आइपी ६८ । यस अर्थमा स्मार्टफोन उत्पादकले आफ्नो उत्पादनको कभर वा आधिकारिक सूचनामा आइपी ६७ वा आइपी ६८ लेखेका छन् भने मात्र त्यो फोन वाटरप्रुफ हो । वाटरप्रुफसँगै हिजोआज स्मार्टफोनहरूले धुलो (डस्ट) प्रुफ पनि बताउने गरेका छन् । जसका स्मार्टफोनहरूले वाटर र डस्ट दुबै प्रुफको लाइसेन्स लिएका हुन्छन् । फुटाउँदा नफुट्नेदेखि आगोले नपोल्नेसमेतका फिचर पनि पाइन्छन् । तर वाटरप्रुफ सुविधा भने अलिक बढी चर्चित सुविधा हो तर यस्ता फोन महँगा भने छन् ।
वाटरप्रुफ फोनमा सर्टिफिकेसन लिएका सुरु अवधीका फोनमा आइफोन एट र एट प्लसले आइपी ६७ रेटिङ लिएका छन् । यसको अर्थ हो यी फोन ३.३ फिटमुनि पानीको तहसम्म एक मिनेटसम्म राख्दा पनि यसमा पानीले असर गर्ने छैन । अर्को उदाहरण सामसङको ग्यालेक्सी एस एट, जसमा आइपी ६८ रेटिङ छ । यसको अर्थ एस एट वाटर प्रुफमा एक स्टेप माथि छ आइफोन एट र एट प्लसभन्दा । अर्थात् आइपी ६८ रेटिङका फोन पाँच फिट गहिरो पानी मुनी १ मिनेट ३० सेकेन्डसम्म डुबाउँदा पानीले कुनै असर गर्दैछ । यी फोन बोकेर झरीमा हिँड्दा वा स्वीमिङ पुलमा फोटो खिच्न पनि मिल्छ । कतिपय फोनले वाटरप्रुफ सर्टिफिकेट नलिए पनि सामान्य अवस्थामा पानीबाट असर नहुने बताउँदै आएका छन् । वनप्लसले वनप्लस थ्रीदेखि फाइभ टि सम्ममा फ्ल्यागसीप फोनलाई वाटरप्रुफ सर्टिफिकेट नलिए पनि असावधानीबस एकछिन पानीमा भिज्दैमा भने पानी नपस्ने बताउँदै आएको छ । यद्यपि वाटरफ्रुफ हुनका लागि सर्टिफिकेसन अनिवार्य छ ।
गुगलः पिक्सेल टु
सर्च इन्जिन गुगलडटकमका नामले विश्व चर्चित कम्पनी हो गुगल । विश्वका ८५ प्रतिशत स्मार्टफोनमा चल्ने एन्ड्रोइड अपरेटिङ सिस्टमसमेतको सञ्चालक गुगल इंकले पछिल्लो समयमा पिक्सेल ब्राण्डको फ्ल्यागशीप फोन ल्याएर विश्व बजारमा आएको छ । कम्पनीको पछिल्लो उत्पादन हुन् पिक्सेल र पिक्सेल टु एक्सएल । ६४ र १२८ स्टोरेजमा उपलब्ध दुबै फोन चार जीवी ¥याम जडित छन् । स्न्यापड्रागन ८३५ प्रोसेसर जडित दुबै फोन १२.३ मेगापिक्सेल क्यामरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामरा जडित छन् भने विश्व बजारमा सुरुवाती मूल्य ६४९ र ८४९ छ । यी सुविधाका बाबजुद पिक्सेल टु फोन सिरिजको विशेषता भनेको वाटरप्रुफ हुनु पनि हो ।
नोकिया ८ सिरोक्को
एचएमजी ग्लोबलले बजारमा ल्याउन थालेको नोकिया ब्राण्डका फोनमध्येको सबैभन्दा पछिल्लो उत्पादन हो नोकिया एट सिरोक्को । यो फोन कम्पनीकै महँगो फोन त हो नै वाटरप्रुफ लगाएतका फिचर पनि यसमा छ । हालैमात्र बजारमा आएको यो फोनलाई सामसङको ग्यालेक्सी एस एटसँग तुलना गरिएको पाइन्छ । अर्थात् यो फोनको फिचर सामसङको फिचरसँग मिल्दा छन् । यद्यपी यसका आफ्नै फरक विशेषता छन् । एन्ड्रोइड वन अपरेटिङ सिस्टमबाट चल्ने यो ५.५ इन्चको डिस्प्लेफोनका अन्य विशेषताहरूमा टु के रिज्योलुसन डिस्प्ले, ६ जीवी र ८ जीवी ¥याम, १२८ जीवी स्टोरेज, क्वालकम ८३५ चिपसेट, १२ र १३ मेगापिक्सेलको डिउल क्यामरा लगाएत छन् । टेक साइट सिनेटका अनुसार ३२६० एमएएचको ब्याट्रि जडित आइपी ६७ रेटिङ सर्टिफाइड यो फोनको अन्तर्राष्ट्रिय बजारमा सुरुवाती मूल्य ९२५ डलर छ ।
एलजी, सोनी र मोटोरोला पनि
वाटरप्रुफ स्मार्टफोन उत्पादकमा एलजीको नाम चर्चित नै हो । खासगरी गत वर्ष सार्वजनिक गरिएको भी ३० र हालै सार्वजनिक गरिएको भी ३० एक दुवै वाटरप्रुफ हुन् । यसअघि बजारमा आएको कम्पनीको जी ६ पनि वाटरप्रुफ सर्टिफाइड छ । यीमध्ये भी ३० एसमा वस्तु पहिचान र आवाज पहिचान लगाएतका एआइ फिचर पनि छन् । स्मार्टफोन उत्पादक सोनीका एक्सजेट र एक्सजेट टु कम्प्याक्ट मोडेलका स्मार्टफोन वाटरप्रुफ छन् । हालसालै सार्वजनिक भएका यी फोन वारलेस चार्जिंग सुविधाका छन् । ८४५ स्न्यापड्रागन प्रोसेसर जडित यी फोन विश्व बजारमा आउने क्रममा छन् । त्यसैगरी मोटोरोलाले पनि आफ्नो पछिल्लो ग्याजेट मोटो एक्स फोरलाई वाटरप्रुफ बनाएको छ । हालै सार्वजनिक भएको यो फोन पनि विश्वबजारमा जाने क्रममै छ ।
The beaches and swimming pools become places where our mobile phones can be in danger. We've listed some of the best waterproof phones to buy in Dubai U.A.E
Welcome come to E&L Mobile Amazon Store,Why not use your finger to get a free E&L proofings W5 Now!The activity will last for 7 days!
Happy Birthday to E&L Mobile Phone 10 years old, we sincerely thank you for your support.
Everyone has a chance to get a free E&L Mobile phone, please try your luck right now,by this link:
https://giveaway.amazon.com/p/6ab587de2009d680