अक्षर र लालपुर्जा
अक्षरहरू शक्तिशाली हुन्छन। कति शक्तिशाली हुन्छन भन्ने कुराको उदाहरणहरू मध्ये एक लालपुर्जालाई पनि लिन सकिन्छ। लालपुर्जा भित्र लेखिएका फगत केही अक्षरहरूले माटो माथी मानिसको तथाकथित अधिकारक्षेत्रको सुनिश्चितता गर्दछन। अक्षर र कागज मिलेर बनेको लालपुर्जाले शक्ती र अधिकारको कारोबार गर्न थालेपछि द्वन्दको सृजना पनि गर्छ। जग्गाको लागि दाजूभाईको झगडा, बाऊछोराको झगडा, छिमेकी संग झगडा अनि नानाथरीका रमाईला नरमाईला कथाहरू नेपाली समाजमा प्रायः सुन्न पाइन्छन।
मानव सम्बन्ध, जग्गाको अधिकार, द्वन्द, प्रेम यस्तै विषयवस्तु समेटेर नेपाली कथानक चलचित्र लालपुर्जाको निर्माण भएको छ। लालपुर्जाको निर्माण संगै यसभित्र प्रयोग हुने अक्षरहरूको निर्माण पनि आवश्यक नै भयो। केही प्रतिशत अक्षर निर्माणको जिम्मेवारी मकहाँ पनि आयो। प्रस्तुत छ चलचित्र लालपुर्जाका लागि गरिएको अक्षर निर्माणको वृतान्त।
करीब एक वर्ष अगाडी चलचित्रको निर्देशक सङ्ग कथाको विषयवस्तुमा सानो छलफल भएको थियो। जग्गा, दाजुभाईको झगडा, लालपुर्जा इत्यादि सुनेपछी मेरो मस्तिष्कमा स्वाभाविक भएर आएका दृश्यहरू नेपाली कागज, रातो रङ्ग, माटो, काटेको, चुहिएको अनि formal calligraphic strokes हरु नै थिए। Draft version माथी बनाएको जस्तै। केही दिन पछि चलचित्रको draft script मकहाँ आयो। Script संगै चलचित्रको genre आयो। Mystic Drama.
Mystery भित्रिएपछि अक्षरहरू अलि छ्यार-ब्यार बनाउने हो कि भन्ने सोंच आयो। चलचित्रमा बैजनी प्रधान रङ्गहरूको प्रयोग गरिने भएपछि अक्षरहरू पनि बैजनीले रङ्गाउने निधो गरें। पुरानो Flat Brush र खस्रो कागज उठाएं अनि लेख्नथालें छ्यारब्यार लालपुर्जा।
अहँ! चित्त बुझेन।
कसैको पनि।
उता Script पनि विकसित हुँदै थियो। चलचित्रको Genre मा Comedy पनि थप्पियो। Final Draft लगभग २-३ पटक पढें। कथाका पात्रहरू अब दिमाग मा बाँच्न थालीसकेका थिए। मेरो मस्तिष्क भित्रै सबैले आ-आफ्नो आभिनय आफ्नै ढङ्गमा अभ्यास गर्दै थिए। कोही Dialogue Delivery गर्दै थिए, कोही द्वन्द दृश्यको लागि तयार हुँदै थिए। ती मध्ये एक पात्रको Dialogue अलि प्रभावशाली ढङ्गले मस्तिष्कमा असर गर्दै थियो।
“यो गाउँको मान्छेलाई भान्टा भए पुग्छ, अरु केही चाहिँदैन।”
भान्टा!
केही त छ यसमा। सर्वप्रथम त बैजनी छ। मस्तिष्क भित्रका पात्रहरूलाई हेर्छु। कोही भान्टा चपाइरहेछन। कोही भान्टा सुकाइरहेछन। कोहि भान्टा पकाइरहेछन। नानाथरी गरी रहेछन।
भान्टा!
लेख्ने निधो गरें। भान्टा अक्षर बनाउने सोँचें। अनि warm-up sketch शुरू गरें।
Digital sketch पनि शुरू गरें।
मेरो भान्सामा अब तरकारी पनि भान्टा पाक्न थालेको थियो। मैले फोटो पनि भान्टाकै खिच्न थालेको थिएं। वरीपरी भान्टा बाहेक केही देखीरहेको थिईन।
भान्टा Obsession भएछ। भान्टा OCD भएछ।
जे होस। केही समय बित्दा अक्षरहरूको खाका लगभग तयार भैसकेको थियो।
भान्टा अक्षर कस्तो भयो, चलचित्रलाई सुहाउँदो भयो कि भएन, यसले काम गर्ला कि न गर्ला? यो सब समयले बताउनेछ। यो सम्पूर्ण प्रक्रियामा मैले अक्षरका बारेमा सिकेको कुरा, देवनागरी लेख्नलाई आधा घुमेको र सीधा गरी दुइटा मात्र strokes चहाहिन्छन। लालपुर्जाको टाइटलमा जम्मा-जम्मी १९ भान्टा छन। तर दुई थरी मात्र। आधा घुमेको र सीधा।
चलचित्र लालपुर्जा, आउँदो वैशाखमा रिलीज हुने योजना छ। थप जानकारीका लागी तलका लिङ्कहरूमा हेर्न सकिनेछ।
Twitter, Facebook, Instagram.
email: [email protected]









