नयाँ वर्ष नयाँ जोश, नयाँ उमँग.....नयाँ भावहरु तर, त्यहि पुरानो अधुरो सम्झनाहरु सँगैको शुरुवात पुरानो वर्षको अन्तिम क्षणमा मनमा भएको कुराहरु तिमीलाई भनि दिदाँ तिमीले सुनिदिदाँ, लाग्यो ती अधुरो सम्झनाहरु अधुरो नरहि पुरा भए .... वास्तविक जिवनमा आफु एक्लै हुदाँ पनि एक्लो छैन भनी कुराको स्मरण तिमीलाई मनको अधुरो कुराहरु भनि दिदाँ पुरा नहुन सके पनि तिम्रो लागि म सधै रहनेछु, भनी वास्तविकताको साथ अन्त्य भयो पुरानो वर्ष...... अन्तिम रातमा मनमा अनेक टकराइने कुराहरुमा, एउटा कुरा साझा थियो “काश, तिमी म सँग हुन्थ्यौ, तिमी म सँग हुनु पथ्र्यो” टाढा त्यति टाढा हुन्दैन्न्, जति नजिक भएर पनि टाढा हुन्छन भन्ने वास्तविकता सँग मिलायो मलाई त्यो रात वर्षको अन्तिम रात, साथीहरु सँग हुदाँ पनि सँगै नरहेको म तिनका रमाईला कुराहरुमा हाँसे रहे म, तर, तिमीलाई समझेर झन झन मुस्कुाइ रहे म, रातभरी... शरिर थकित हुदाँ पनि आँखामा निन्द्रा थिएन, सबजना मध्य राती फर्के पनि, एक्लो महसुस नगर्ने म तिम्रो तस्वीरहरु हेरी रहे, तिमीलाई सम्झि बसे म तिमी सँग गरेका कुराहरु सम्झि बसे म वर्षको अन्तिम रातमा रातभरि सोच्दै गए, तिमीलाई मात्र कुन बेला विहानको सुर्योदय भयो, थाहै पाईन .... यतिका वर्ष बित्यो तिमीलाई सम्झि बसीरहेको अझ पनि सम्झिरहनेछु, तिमीलाई भन्ने आशाको साथ शुरुवात गरे नयाँ वर्ष मनमा पुनः त्यहि पुरानो सम्झनाहरु साथ खुल्ला आकाशका पहाडहरु बिच सुर्योदयको पहिलो किरणको साथ तिमीलाई सम्झिदै, तिमीलाई खोज्दै आफनो गन्तव्य तर्फ फर्के म तर, ती सम्झनाहरु पहिलको भन्दा अलि फरक तथा नौलो थिए यसरी शुरु गर्ने म आफनो वर्षको पहिलो दिन नयाँ वर्षको फेरी शुभकामना छ तिमीलाई सधै हाँसी र खुशी रहनु मेराे शुभकामना तिमी सँगै सधै भरी #newyear #newyear2079 #nepalyear #nepalyear2079 #visitnepal #poetry #feelings #foryouonly #mountain #mountaininnepal #routineofnepal #nepalphotoproject #travelinflight #sleeplessnight #missingyou #explorenepal #justforyou #happynewyear2079 #loveinthrsky #loveinair #fromflight https://www.instagram.com/p/Ccb_Bk7qFgP/?igshid=NGJjMDIxMWI=










