प्रसङ्ग इन्टरनेट विहिन रातको हो । सधैँ फेसबूक , इन्सटा , युटुबमा ब्यस्त ब्यस्त हुँदै समय कटाउने म त्यो दिन धेरै समय पछि आफैं सङग थिए । च्याट बक्समा दशौं साथीहर सङ्ग मन साट्ने म , त्यो दिन आफ्नै मनको परिचय खोज्दै थिएँ । इन्टरनेट को यो भर्चुअल दुनियामा पर्फेक्ट हुंदा हुदै म , त्यो दिन आफैमा रिक्त जस्तो देखिएं । इन्स्टाग्राममा २०० फलोअर्सको घमण्ड गर्ने म त्यो दिन आफैँ मा परिचय हिन भएँ । नेटफिलिक्सको नयाँ सिरिजको डेट कुरेर बस्ने म , आफ्नै अन्तर्मनका पानाहरूमा धुलो जमेको देखें । सधैं आधा भरि देख्ने भाँडो , त्यो दिन आधा खाली मात्र देखें । इन्टरनेट बाट दुनिया चिन्ने म , त्यो दिन आफ्नै मस्तिस्कमा आफैंलाई गुगल गर्दै थिएँ । तेतिमै इन्टरनेट आयो अनि मैले सोचेँ ह्या भोलि सोच्छु ।
Loading...














