रिपब्लिकामा कसमसलाई हटाएर प्रेम खनाल सम्पादक बन्ने लगभग निश्चित
नेपाल रिपब्लिक मिडियाको अंग्रेजी दैनिक रिपब्लिकामा दुई वर्षदेखि सम्पादक रहेका कसमस विश्वकर्मालाई हटाएर प्रेम खनाललाई ल्याउने निश्चित प्राय रहेको चर्चा जेडिए कम्प्लेक्समा चल्न थालेको छ। नेपाली दैनिक नागरिकको सम्पादकमा कसलाई ल्याउने भन्ने चाहिँ टुङ्गो लगाउन बाँकी छ। त्यही भएर कसमसको कन्ट्र्याक्ट सकिएको चार दिन भइसक्दा पनि औपचारिक रुपमा उनलाई विदाइ गरिएको छैन।
प्रेम खनाल आर्थिक पत्रकारितामा दख्खल राख्ने पत्रकार हुन्। यसअघि अमित ढकालको सम्पादकत्वमा सेकेन्ड म्यान दमाकान्त जैसीको राजीनामा पछि रिपब्लिकामा उनलाई सेकेन्ड म्यान बनाइएको थियो।
डा. भक्तमान श्रेष्ठको अपहरण कान्ड, बदनाम पत्रकार खिलानाथ ढकाललाई च्यापेर पत्रिकाले एमालेसित लिएको टक्कर जस्ता विषयमा चित्त नबुझेपछि नारायण वाग्लेलाई व्यवस्थापनले लात हानेर निकाल्ने क्रममा अमित ढकालले आफू पनि नबस्ने भन्दै सँगै राजीनामा दिएका थिए। त्यस लगत्तै किशोर नेपाललाई नागरिक र कसमस विश्वकर्मालाई रिपब्लिकाको सम्पादक बनाइएको थियो। किशोर नेपाललाई एक वर्षमै विदा गरिए पनि कसमसलाई भने कायमै राखिएको थियो। कसमसको दोस्रो वर्षको कन्ट्र्याक्ट शनिबार मात्रै सकिएको हो। खनालको राजीनामा पछि लामो समयसम्म रिपब्लिका सेकेन्ड म्यानविहीन थियो। कसमसले कान्तिपुर टेलिभिजनबाट ल्याएर सोमेश वर्मालाई सेकेन्ड म्यान बनाएका थिए।
हँखमुख स्वभावका विभिन्न जोकका खानी खनाल कसमसको सम्पादकत्वमा धेरै दिन सेकेन्डम्यान बनेनन् र पढाइका लागि भन्दै राजीनामा दिए।
काठमाडौँ पोस्टको बिजनेस ब्युरोमा सन् २००० मा सब एडिटर बनेर प्रवेश गरेका खनाल चार वर्षमा ब्युरो प्रमुख बनेका थिए। त्यसैगरी २००६ मा उनी काठमाडौँ पोस्टका चिफ रिपोर्टरमा बढुवा भए।
उनले रिपब्लिका नछाड्दै एउटा संस्थामा बुझाएको सिभी हामीले फेला पारेका छौँ।
Name: Prem K. Khanal
Sex: Male
Date of Birth: 15/04/1970
Marital Status: Married
Nationality: Nepali
Contact Address:
Mailing address: P Khanal,
Post Box No 8975
EPC - 1795
Kathmandu, Nepal
Phone: 4480100 Ext 1507 (O), 6631407 (R), 9851023360 (M)
Email: [email protected]
Master of Arts in Economics from Tribhuvan University (First division) -
1996
Bachelor of Arts in Economics and History from Tribuhuvan University in 1993
Work Experience
Manager: Kushal Bhairab Wool Carding Industry, Bhaktapur (1990-1994)
Research Officer: Institute for Development Studies (January 1999 to July 2000)
Sub-editor: Business Bureau, The Kathmandu Post (August 2000 to August 2001)
Assistant Senior sub-editor: Business Bureau, The Kathmandu Post
(September 2001 to May 2003)
Senior Sub-editor and chief of Business News Bureau, The Kathmandu Post (June 2004)
Chief Reporter, The Kathmandu Post (June 2006 to Oct 2008
Current Position: Editor, Business and Economic Bureau, Republica national daily and www.myrepublica.com since November 2008
Lecturer of Business and Economic Journalism and Public Finance at Whitehouse Graduate School of Management of Purbanchal University
Senior Trainer of Business and Economic Journalism for Nepal Press Institute
Awarded Best Performance Awardby Kantipur Publications for the year 2004
Awarded Reuters Foundation fellowship for a training on Writing Business Newsin London in June 2006
Awarded fellowship to cover Joint Annual Meeting of International Monetary Fund and the World Bank at Singapore in September 2006
Awarded Reagan-Fascell Democracy Fellowship in 2007 by National Endowment for Democracy for a five-month long research on Political Resistance to Economic Reform and Its Impact on Democracy in Nepal
Books, Researches and, News and Articles
A study on government Plans, Programs, and Budget Affecting Children in Nepal, 2002, Save the Children UK, Co-author
Problems and prospects of reforms in Nepal (A case Study of Ten Different sectors), 2003, The World Bank Nepal Office
An Analysis of Public Expenditure in Nepal (With Focus on Key Issues), 2005, Action Aid Nepal, Co-author
Financing Education in Nepal, 2007, Action Aid International
Published more than 300 news and articles in The Kathmandu Post, other newspapers and online editions (For further information please visit, www.google.com and search "Prem Khanal")
Computer: Comfortable with Microsoft Word, Excel
Language: Completion of a course in General English of Upper Intermediate 3 level for the British Council, December 2003