प्रतीकको दबाबमा 'नागरिकखबर'माथि वर्ल्डलिङ्कको सेन्सर
निजी इन्टरनेट सेवा प्रदायक कम्पनि Worldlink ले unethical काम गर्दै नागरिकका सम्पादक प्रतीक प्रधानको दबाबमा यो साइट नागरिकखबरलाई आफ्नो नेटवर्कमा ब्लक गराएका छन् । यी शब्द लेख्दासम्म worldlink को सेवा लिने कुनै पनी ग्राहककोमा http://nagarikkhabar.tumblr.com खुलेको छैन । यद्यपि सुबिसु , नेपाल टेलिकम , भायनेट आदि कम्पनीको नेटबाट भने नागरिकखबर खुलिरहेको छ । आफूलाई प्रजातन्त्र वादी भन्ने हरुले सत्यको मुख थुन्न गरेको प्रयास का रुपमा हामीले यसलाई लिएका छौँ ।
यसअघि राजा ज्ञानेन्द्रले कू गरी तानाशाही लाद्ने क्रममा मात्रै केही साइटहरु ब्लक गराएका थिए । ज्ञानेन्द्रको त पतन भयो तर अहिले नव ज्ञानेन्द्रहरु सत्यको मुख थुन्न तानाशाही लाद्ने असफल प्रयासमा हुनुहुन्छ ।
तपाईँका कोही साथीले Worldlink को इन्टरनेटबाट नागरिकखबर हेर्न चाहिरहनु भएको छ भने यो अर्को मिरर साइटमा जान भन्नुहोला http://nagarikkhabar1.tumblr.com
Worldlink ले किन यसरी Unethical काम गर्यो भन्ने बारे पनि रोचक तथ्य फेला परेको छ । Worldlink को कर छली र VOIP को ठूलो केस चल्दा यसकै मालिक दीलिप अग्रवाल लगायत को आग्रह मा कुनै पनी मीडियाले न्युज लेखेको थीएन । त्सैले यसैको गुण तिर्न मिडिया सम्ापदकको आग्रहमा worldlink unethical काम गर्न हौसिएको हो । जुन कानुन विपरीत समेत छ । हालसम्म नेपाल दूर सञ्चार प्राधिकरणले सूचीमा राखेका साइट मात्रै ब्लक हुँदै आएङ्को छ । ISP आफैले सर्वेसर्वा भएर जनतालाई कुन साइट हेर्ने कुन साइट नहेर्ने भन्ने अधिकार विश्वका कुनै पनि देशमा हुँदैन । worldlink को यो तानाशाहीको हामी घोर भत्सर्ना गर्छौँ ।
प्रतीक प्रधानले नागरिकखबरकै खबरबाट तर्सिएर नकाबपोश हुँडार भन्दै आफ्नो पत्रिकामा आर्टिकल लेखेको नागरिककै नकाबपोश हुँडार स्रोतले जनाएको छ ।








