Unlock Huawei E5573Bs-322 4G router with an unlock code. You need to provide IMEI no of your Huawei E5573Bs-322 4G router. The warranty of your Huawei E5186s-22a 4G router will not be disturbed. Unlocking is available for all network providers. Unlocking is not restricted to any carrier.
NCK– Network code will be used to unlock your Huawei…
अमेरिका–चीन व्यापार युद्धको ‘ओपन सेक्रेट’ पक्ष भनेको दुबै देशका व्यापारी, किसान र उपभोक्ता लगाएतका जनतामा परेको प्रभाव हो । दुबै मुलुकले खाद्यान्नदेखि प्रविधिसम्म आदान प्रदान गर्दै आएका छन् । एक अर्काले आयात हुने सामग्रीमा करको दर बढाउँदै, घटाउन सीमित शीत युद्ध सतहमै आएर चर्चा परिचर्चाको विषय बनेको पनि धेरै भइसक्यो ।
यो व्यापारयुद्धमा चेपुवामा पर्नेमा अन्य उद्योगसँगै संचार तथा प्रविधि उद्योगहरू पनि छन् । एक आपसमा सहकार्य र कारोबार गर्न चाहेर पनि गर्न नपाएका मुख्य कम्पनीहरूमा चीनको ह्वावे लगाएतका प्रविधि कम्पनी र अमेरिकाको गुगल मुख्य छन् भने दर्जनौं अन्य कम्पनीको कथा पनि यस्तै छ । भइरहेको सहकार्य एक वर्षयता स्थगनको अवस्थामा रहेको सन्दर्भमा दुबै देशका प्रविधि कम्पनी सम्बन्ध पुनः स्थापनाको अन्तिम कसरतमा छन् ।
अमेरिकाले गत वर्ष सुरक्षाको कारण देखाएर चीनिया कम्पनी ह्वावेलाई कालोसूचीमा राख्दै ह्वावेको टेलिकम्युनिकेसन सामग्री, स्मार्टफोन र पछि एन्ड्रोइड सफ्टवयरसमेत प्रयोग गर्नबाट रोकेको थियो । विस्तारै ह्वावे मात्र नभइ जेडटीई र अन्य कम्पनीहरूलाई पनि अमेरिकाले बन्देज लगाउने क्रम जारी रह्यो । यो बन्देज त्यतिबेला लाग्यो, जतिबेला ह्वावेले स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै दोस्रो ठूलो प्रविधि कम्पनीको नाममा आफूलाई अपग्रेड ग-यो ।
ह्वावेमाथिको प्रतिवन्धले एप्पललाई तत्काललाई भने केही राहत भयो होला, त्यो भन्दा धेरै गुणा बढी घाटा गुगललाई भयो । विश्वका ८५ प्रतिशत भन्दा बढी स्मार्टफोनमा गुगलको एन्ड्रोइड सफ्टवेयर चल्छ । तर ह्वावेसँग एन्ड्रोइडका लागि नयाँ सम्झौता गर्न नपाउने भएपछि एकातिर ह्वावेलाई नयाँ उत्पादन बजारमा ल्याउने समय पुनर्विचार गर्नुप-यो भने उता गुगलको घाटा तत्कालमात्र हैन दीर्घकालका लागि पनि देखिन थाल्यो । प्रतिबन्ध भएको सुरुका ६ महिना पर्ख र हेरको नीतिमा थिए गुगल र ह्वावे । व्यापार युद्ध रोक्न दुबै देशका अधिकारीहरूबीच वार्ता पनि भयो तर गुगल र ह्वावे वा प्रविधि कम्पनीहरूको लागि भने ठोस निर्णय भएन । अन्य वस्तुमा केही सहजीकरणको वातावरण भएको छ ।
माइक्रोसफ्टले पायो, गुगलको अपिल
वितेको करिव एक वर्षको अवधि ह्वावे र गुगलका लागि प्रगाढ प्रेममा रहेको जोडी एक्कासी छुटे जस्तो अर्थात् ब्रेकअपको अवस्थामा रह्यो । तर, तन्नेरीहरूको नयाँ प्रेम प्रचलनमा लभ टुटेपछि पुनः प्याचअप अर्थात् उही जोडीको पुनर्मिलन हुने गरेको जस्तै मिति पर्खेर वसेको अवस्था देखियो । एन्ड्रोइड– ह्वावे विछोडको कारण आफूहरू नभइ अमेरिका सरकार भएकाले सरकारको मन फेरिएला र पुनः सम्बन्ध जोडौंला भनेर पर्खामा रहेको जस्तो देखिन्छ । यो पर्खाइको घडी नजिकै रहेको संकेत पछिल्ला दिनमा आएका प्रसंगहरूले देखाएका छन् ।
चीनका कुनै पनि कम्पनीसँग अमेरिकाका कुनै पनि कम्पनीले कारोबार नगर्ने खालको वातावरण बनीरहेको सन्दर्भमा अमेरिकाले चीनसँगको सम्बन्धलाई थोरै लचक भएर हेर्न थालेकाले आशा पलाएको हो । अमेरिकी कम्पनी माइक्रोसफ्टले भने ह्वावेसँग सफ्टवेयरको कारोबार गर्न पाउने अनुमति पाएको छ । यसका आधारमा ह्वावेको मेटबुक १३ मा माइक्रोसफ्टको विन्डोज १० अपरेटिङ सिस्टम राख्ने निश्चित भएको छ । र, यो समाचार गुगलका लागि पनि सकारात्मक समाचार हो । गुगलले ह्वावेसँग एन्ड्रोइड कारोबार गर्न पाउने गरि लाइसेन्सको लागि अमेरिकी सरकार समक्ष निवेदन दिएको छ । यो समाचार विहीबार विश्वभरका प्रविधि साइटहरूको प्राथमिकताको समाचार बनेको छ ।
गुगलले आफूलाई ह्वावेसँग पुनः पुरानै अवस्थाका कारोबार गर्न माग गरेको छ । अमेरिकी सरकारले माइक्रोसफ्टलाई लाइसेन्स दिइसकेकाले गुगललाई पनि लाइसेन्स दिन सक्छ भन्ने विश्वास गर्न सकिने आधार विकास भएको छ । यसबीच राजनैतिक रंगमा रुमलिएको यो प्राविधिक विषयमा ट्रम्प प्रशासनले सकारात्मक निर्णय गर्न सक्छ । किनकी यसै वर्ष हुने राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई जित्नु पनि त छ ।
रणनीति फेर्ला ह्वावेले ?
आफ्नै अपरेटिङ सिस्टमको तयारीमा लागिरहेको ह्वावेका लागि गुगलसँगको सम्बन्ध विच्छेद निकै सकसपूर्ण रह्यो । ह्वावे संस्थापक तथा विश्वभरका कर्मचारीहरू आफ्नो उत्पादन सुरक्षित रहेको भन्दै विश्व समुदायलाई विश्वस्त पार्नमै व्यस्त रहे । तीन महिनाको समय दिएर अमेरिकाद्वारा कालो सूचीमा राखिएको ह्वावेले पटक पटक सम्बन्ध पुनस्र्थापनाको पहल गरेरै एक वर्ष वितायो । तर पछिल्लो दिनमा भने ह्वावेले एन्ड्रोइड विना नै मेट ३० सिरिज विश्व बजारमा ल्यायो । विना एन्ड्रोइड पनि मेट सिरिजको माग उच्च भयो भने यसबीच ह्वावेका उत्पादनको बजार हिस्सा घट्नुको साटो बढेको पाइयो ।
ओपन सोर्सबाट मेट ३० सिरिजमा गुगलको सफ्टवेयर सजिलै प्रयोग गर्न मिल्ने गरि ल्याइएको छ । यस बारेमा एक साता मात्र गुगलले एन्ड्रोइड विनाको ह्वावेमा आफ्ना सफ्टवयर प्रयोग नगर्न आव्हान पनि गरेको छ । तर यो आव्हानको एक साता नवित्दै अमेरिकी सरकारसँग ह्वावेसँग पुनः काम गर्न पाउने अनुरोध गर्दै अपिल गर्नुले गुगलले ह्वावेलाई केही धैर्य गर, हामी फेरि मिल्नुपर्छ भन्ने सन्देश दिन खोजिरहेको छ । यसअघि एन्ड्रोइडसँग सम्बन्ध बने पनि नबने पनि आफ्नै सफ्टवयर प्रयोग गर्ने निर्णय लिएर अगाडि बढिरहेको ह्वावेले भने प्रतिक्रिया दिइसकेको छैन । जबकी ह्वावेले पी सिरिजको नयाँ स्मार्टफोन पी ४० आउँदो मार्चमा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । यदी गुगलले लाइसेन्स लिइहाल्यो भने ह्वावेल आफ्नो नीति परिवर्तन गर्छ वा गर्दैन भन्ने हेर्न बाँकी छ ।
बीचको बाटो पुनर्मिलन नै
विश्वव्यापीकरणको युगमा एक अर्काको देशको उत्पादन, प्रविधि वा सेवालाई निषेध गर्ने नीति विश्वकै प्रमुख अर्थतन्त्र अमेरिका जस्तो मुलुकलाई शोभा दिँदैन । सुरक्षा थ्रेट छ भने त्यसको खास अवस्था विश्लेषण गरेर, प्रयोगशाला परिक्षण गरेर मात्र उत्पादन भित्रन दिन सक्ने अधिकार त छँदैछ । यद्यपी माइक्रोसफ्टलाई लाइसेन्स दिएर यो निर्णयमा सरकार लचक भएको सन्देश त दिएको पनि छ । यता विश्व अर्थतन्त्रको नेतृत्व गर्ने उद्देश्यले अगाडि बढिरहेको चीनले पनि विश्वलाई फकाएरै अगाडि बढ्नुपर्ने बाध्यता छ । यद्यपी दुबै मुलुक सहयोगी बनेर अगाडि बढ्ने लक्षण ल्याएका पनि छन् ।
अब कुरो आउँछ ह्वावे र एन्ड्रोइड अर्थात् गुगलबीच पुरानै अवस्थामा सहमति र सहकार्य हुन सक्छ वा सक्दैन भन्ने । द्वन्द्व समाचारको सिद्धान्तले पनि विन विन अवस्थाको सिर्जना होस् भन्ठान्छ । यस्तोमा यदी अमेरिकी सरकारले आगामी दिनमा ह्वावेसँग कारोबार गर्न गुगललाई अनुमति दिन्छ भने ह्वावेले सहर्ष स्वीकार्नुपर्छ, स्वीकार्छ पनि । यो नै बीचको बाटो हो । नयाँ सम्झौता हुन नसकेपछि पुराना सिरिजको नयाँ भर्सन ल्याएर पनि विश्व बजारमा आफ्नो उपस्थिति देखाउन लागि परेको ह्वावेका लागि यो अवसर पनि हुनेछ । अमेरिकी सरकारको निर्णय छिटो आएमा उपभोक्ताले ह्वावेको पी ४० सिरिजमै पुनः गुगल सर्भिस पाउन पनि सक्छन् । गुगललाई पनि मोबाइल सफ्टवेयरमा रहेको आफ्नो वर्चश्व कायम गर्न ह्वावेलाई साथमा लिनु महत्वपूर्ण कदम त हो नै ।
काराेबार दैनिकमा शुक्रवार, फाल्गुन १६, २०७६ मा प्रकाशित
Security experts revealed that more than half of the modern Android smartphones are vulnerable to a text-based phishing attack.
Security experts revealed that more than half of modern Android smartphones, including models by Sony, LG, Samsung, and Huawei are vulnerable to a text-based phishing attack.