मनै उजाड छ।
बनै उजाड छ
मनै उजाड छ
बसन्त आएर के भो?
बसन्त गएर के भो?
मनै निराश छ
तनै निराश छ
फूल फुलेर के भो?
फूल झरेर के भो?
बनै उजाड छ
मनै उजाड छ
पवनले चुम्छ फूलेको पातमा
कोयली गाउँछे अँधेरी रातमा
तिमी आएर के भो?
तिमी गएर के भो?
मनै निराश छ
तनै निराश छ
फूल फुलेर के भो?
फूल झरेर के भो?
बनै उजाड छ
मनै उजाड छ
मयाँमा आज हाँस्न सकिन
छायाँमा आज नाच्न सकीन
गीत गाएर के भो?
प्रीत लाएर के भो?
मनै निराश छ
तनै निराश छ
फूल फुलेर के भो?
फूल झरेर के भो?
मनै उजाड छ
बनै उजाड छ..
-फत्तेमान
निकै समय भयो। साँच्चै नै मन उजाड छ। कुनै एक विशिष्ट कारण छैन। साना ठुला नानाथरी कुराहरूले जिन्दगी नै उदास बनाईदिएको छ। अनि यो गीत, जुन इन्टरनेटमा कतै पाइँदैन, ले गजबको साथ दिईरहेछ।











