दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्ममतापूर्वक पिटेर तथा विषादी दिएर त्यस स्थानका सयौँ कुकुरहरुलाई निर्ममतापूर्वक मारेको घटना सेलाउन नपाउँदै लमजुङको बेसीसहर नगरपालिकाले नगर क्षेत्रका सैयौं कुकुरहरुलाई विष खुवाएर मारेको छ । एउटा घटनाबाट पाठ नसिक्ने जिम्मेवार सरकारी निकायहरू र यो समस्याको दीर्घकालीन समाधान दिन नसक्ने लाचार र नालायक सरकारप्रति हाम्रो घोर आपत्ति छ । सामान्य मानवीय मूल्य समेत कुल्चिएर पशुहरुप्रती गरिएको सामूहिक हत्याको हाम्रो सँस्था घोर बिरोध गर्दछ । यस समन्धमा दोषीमाथि आवश्यक कानूनी कारवाहीको लागी जिम्मेवार निकायसँग स्नेहाज केयर जोडदार माग गर्दछ । #StopKillingDogs https://www.instagram.com/p/B2WEwUJFf1n/?igshid=gmxaeg9jmj9e














