बस भित्रको भ्यालबाट हेर्दा हजारौको संख्यामा संघर्षले भरिएको जीवन देख्छु घाम, पानी, जाडो, गर्मी कुनै पनि मौसमको ख्याल नगरि दिनरात आफु र आफनो परिवारलाई पाल्नको लागि संघर्ष गरेको देख्छु बसको यात्रुहरु पैसा दिन ढिलाई गरिदिदाँ खलासी भाईको आदेशमा बसको गुरुले बस गुडाई दिदाँ पैसा लिनको लागि बस सँगै दौडेको देख्छु बस स्डयाण्डमा, बस रोक्न पाएको हुदैन हाथमा पानीको बोतल, खानेकुरा बोकी बस यात्रुलाई बेची, कमाउनको लागि बसको पछाडि दु्रग गतिमा दौडेको देख्छु अनुरोध छ मेरो, बसमा यात्रा गर्नुहुने सबै यात्रुहरु सँग नम्र व्यवहार गरिदिनु ती संघर्षशिल मानिसहरु सँग केही लिन मन भयो भने समयमै कारोबार गरिदिनु थोरै बढि सहयोग गरिदिदैमा उनीहरुको जीवनमा सहयोग हुन्छ भने सहयोग गरिदिनु किनकी, बस भित्रको झयालबाट हेर्दा हजारौको संख्यामा संघर्षले भरिएको जीवन देख्छु #strugglinglife #struggle #people #strugglelife #Respect #respectpeople #peoplepower #family #forfamily #livingforfamily #nepalmadhesh #nepalese #nepalisbeautiful #appreciatepeople #respectpeopleculture #poem #nepalphotoproject #ronb #buswindow #bustravelinnepal #madheshiya #terainepal #nepalhighway #nepaldiaries #explorenepal #highwaylife #bussiness https://www.instagram.com/p/CeTqJoFsJia/?igshid=NGJjMDIxMWI=