नूहको जहाज लेखक: इस्माएल सुब्बा मलाई नूहको जहाज चाहिएको छ। त्यो काठको जहाज खोज्दै हिड़्दैछु जसले चालीस रात चालीस दिन जलप्रलयको प्रहर सह्योः नूहले बनाएको काठको जहाजले जलप्रलय देख्यो तर अहँ कदापी हल्लिएन, त्यो अटल रह्यो ढुङ्गा सरह। यो समय मलाई त्यही जहाजको आवश्यक्ता छः हो, मलाई त्यसमा सुरक्षित राख्नु छ कसैले फ्याकेको विश्वासको टुक्राहरुः कसैले साचेँका इज्छाको भारीहरुः कसैले तोड़ेको ह्रदयका मायाहरुः कसैले छोड़ेका आत्मविश्वासका खिलौनाहरु।


















