खुर्कोट- बर्दिबास पानोरोमिक भ्यु
Peter Solarz
let's talk about Bridgerton tea, my ask is open

Andulka
noise dept.
we're not kids anymore.
cherry valley forever

@theartofmadeline
Cosimo Galluzzi
RMH
Stranger Things
DEAR READER
he wasn't even looking at me and he found me
trying on a metaphor
Alisa U Zemlji Chuda

titsay
No title available
Show & Tell
Three Goblin Art

JBB: An Artblog!
hello vonnie
seen from United States
seen from Italy

seen from Malaysia

seen from United States

seen from Malaysia

seen from United Kingdom
seen from Germany
seen from United States

seen from United States

seen from Malaysia

seen from Ireland
seen from United States

seen from United States
seen from United States

seen from Malaysia
seen from Norway

seen from Malaysia

seen from United Kingdom

seen from United States

seen from Vietnam
@hyphentechblog
खुर्कोट- बर्दिबास पानोरोमिक भ्यु
धरान बजार
संबिधान बनेको मौका खेर नफालौ ।
सेतोपाटीमा छापिएको दिपेन्द्र झा को लेख माथी मेरो टिप्पणी
अबहामीसँग एकथान संविधान छ, अबत सरकारसँग सेना पनि खोजेकै बेलामा उपल्बध हुने भयो। प्रधानमन्त्री र राष्ट्रपति एउटै दलका व्यक्ति। भनेपछि प्रधानमन्त्रीले सिफारीस गर्ने अनि राष्ट्रपतिले त्यसलाई वैधानिकता दिने। मन लागेको बेलामा प्रधानमन्त्रीले संकटकाल लगाउन सिफारिस गर्ने र राष्ट्रपति वा राष्ट्राध्यक्षले त्यसलाई वैधानिकता दिने अवस्था भयो। भनेपछि सेना पनि सजिलै चलाउन पाइने।
आन्दोलन देखी डराएर जाबो तेल, र नेल को त ब्यबश्था गर्न असक्षम ओली सरकार देखि तपाईहरु कति डराएको ? सात्तो त हाम्रो पो गएको छ । एकातिर नालायक सरकार , अर्को तिर संयुक्त राष्ट्र संघमा सुरक्षा परिषदको सदस्यता प्राप्त गर्ने प्रयासरत शक्तिराष्ट्र ! भुपरिवेष्ट्रित राष्ट्रका नागरिकहरुको बाँच्न पाउने अधिकारको सम्म सम्मान गर्न नसक्ने छिमेकी, अनि मौन र मुकदर्शक सरकार । मधेशी होस वा पहाडे - बाहुनहरु संस्कारले नै अलि डरछेरुवा हुन्छन । त्यसैले होला तपाईलाई सेनाको नाम सम्झिने बित्तिकै सातो गएको । नआत्तिनुस - कम्तीमा नेपालमा सेनाले “पावर युटिलाईजेशन प्राक्टिस ” गर्दैन । गर्थ्यो भने यो भन्दा पहिले पात्र र परिस्थीले अवसर दिएको थियो भनिन्छ ।
प्रचण्डजी तपाईँले जनयुद्वबाट हासील गर्न नसक्या जनसरकार वा सबै शक्ति प्रमुखमा कम्युनिष्टलाई नै बनाइ छाडनु भयो। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उच्च स्तरीय राजनीतिक समितिको प्रमुख सबै कम्युनिष्ट। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका सवै माहत्वपूर्ण पदहरु नामधारी कम्युनिष्टको पोल्टामा गएपछि नेपाल अब कतै राजनीतिक प्रणालीको हिसावले ‘मिनी चाइना’ त हुने होइन भन्ने डर हामीजस्तालाई लाग्ने नै भयो। केही छैन बनाउनुस तर मधेशलाई पाखा पार्नेगरी होइन। मधेशलाई पनि साथै लिनुहोस्। यो आन्दोलनकारीलाई गलाउने नीतिमा नजानुहोस्।
नेपालको बिध्यमान राजनैतिक अवश्थाबारे बेखबर कसैलाई (“मिसगाईड” गर्ने अभिप्रायले) यो कुरा भन्नु भो भने ‘अरे वाह! नेपालको राजनितिको बारेमा बढो भित्रि ज्ञान राख्ने बिद्वान हुनुहुदो रहेछ’ भन्दा हुन तर तपाईले थाहा पाउने खबर पछ्याउने धैरै मान्छेहरु छन भन्ने कुराको हेक्का राख्ने हो भने तपाईको यो काइते तर्क हो । मधेशी दल देल्हीको एजेन्डा बोकेर नाकामा , काँग्रेस ‘कथित’ सहमती भाडेर एक्लै ! अनि बचा कौन ? मधेशी दललाई पनि बोलाएकै हुन । गच्छेदार त आए पनि , उनको बारेमा केही बोल्नु भएन नि ?
गोल गर्नु पर्ने बेलामा सबै मैदान छोडेर हिडे पछी जसले बल पाउछ उसैले त गोल गर्ने हो नि । फलानो जस्तो खेलाडी छैन भनेर हुदैन झाजी । (अब यसो भनिरहदाँ मैदानमा झ्याली भो भन्नुहोला , यसको बारेमा छुट्टै तर्क गर्नुपर्छ । अहिलेले रुन्चे कुरा नगरुम । )
तर, सत्ताधारीले आन्दोलनकारीलाई थकाउने र गलाउने रणनीति लिएको छ। आन्दोलनकारी थाकेर बिराम लिए भने मधेसका युवामा सदा सर्वदाका लागि नेपाल राज्यप्रति बितृष्णा उत्पन्न हुन्छ जसलाई काठमाडौंले बुझ्न ढिलाई गरिरहेको छ । उच्चस्तरीय राजनीतिक समिति, चित्रबहादुर केसी, सिपी मैनाली, झलनाथ खनाललगायतका संघीयता नरुचाउने कम्युनिष्ट नेताहरू, जो अतिवादी राष्ट्रवादी धारका हुन्, तिनको वर्चस्व छ यतिखेरको राजनीतिमा।
जारी मधेश आन्दोलनले मधेशी मागप्रति साहानुभुती राख्ने तप्काका पहाडियाहरुलाई पनि आजित पारिदैछ । नेतृत्वले समयमै यस बारे बिचार गरेन भने समग्र मधेशी समुदाय प्रति पहाडेहरुको मनमा एक प्रकारको घृणा उत्पन्न हुने खतरा छ । जसलाई नाकामा बसेर ईण्डीयाको पेट्रोल ट्याङ्कर छेक्नेहरुले बुझ्न ढिलाई गरीरहेका छन ।
त्यहाँबाट सीमांकनको विषयमा गठित वार्ता समितिलाई आन्दोलनकारीको फेस सेभिङसहित माग सम्बोधन हुने गरी पुर्नविचार गर्ने म्यान्डेट देला जस्तो लाग्दैन। तर बुझ्न के जरुरी छ भने माग सम्वोधन नहुनु भनेको मधेसलाई कमजोर गरेर देशलाई अतिवादी धारमा पुर्याउनु हो । र मधेस अतिवादी धारमा गयो भने समग्र देशलाई त्यसको असर त हुने नै छ, तर क्षेत्रगत हिसाबले भन्दा मधेसमा अतिवादको पीडा पहाडी र हिमाली भेगका बासिन्दाभन्दा त्यहाँ बस्ने हामी मधेसीहरुले बढी भोग्नुपर्ने चिन्ता हामीजस्तालाई छ।
मधेशका सिधा सोझा सर्वसाधरणलाई “मिसगाईड” गरेर नयाँ संविधानमा मधेशीहरुलाई कुनै अधिकार नै छैन भन्ने पारेकोमा पोल खुल्ला भन्ने डर लाग्न थाल्यो कि क्या हो झा जी ? नाकामा धर्ना बस्ने बाहेक मधेशमा उठेका कुनैपनि ‘जेन्युन‘ कुरामा बहस गरेर निष्कर्षमा पुग्न कुनै समस्या छैन । अलिकति पनि पुर्वाग्रह नराखी सोच्ने हो भने मधेशको बारेमा निर्णय गराँउदै हिड्ने नेतृत्वले पनि अनुहार लुकाउनु पर्ने गरी यो देशमा यही अवस्थामा केहि नहोला । तर शक्तीराष्ट्रको ‘नियत’को पक्षपोषण गर्दै हिड्ने जमातलाई आज नभए भोली उनिहरुकै सन्तान दरसन्तानको अगाडी मुख लुकाउनु पर्ने अवश्था नआउला भन्न सकिन्न । हदै भए के होला त मधेशमा ?
लेखेर राख्नुस - मधेश अतिवादी धारमा गयो भने सबभन्दा बढी घाटा मधेशलाई नै हुन्छ । नपत्याए Eritrea (अहिले नै क्लिक गरे हुन्छ । ) को ईतिहास पढ्नुस ।
अतिराष्ट्रवादी राष्ट्रवादी धार, जुन अहिलेको सम्पूर्ण समस्याको कारक हो, त्यसले उच्चस्तरीय राजनीतिक समितिको निर्णयलाई डोमीनेट गर्नु हुँदैन। आन्दोलनकारी र सरकार दुवै पक्षको जीत हुनेगरी चार मुद्दाहरु निर्वाचन क्षेत्र, राज्यको संरचनामा समानुपातिक समावेशीको हक, सीमांकन र नागरिकताको सवाल सम्बोधन हुने गरी निर्णयाक वार्ता गरी देशलाई निकास दिन जरुरी छ। लगभग ९० जना काँग्रेस र एमालेबाट जितेका सांसदज्यूहरु मधेश पस्न सक्ने अवस्था छैन विचरा भारतीय ट्यांकर चालक त कसरी हिम्मत गरोस्। पूर्व राजा ज्ञानेन्द्र र महेन्द्रले पनि चाइना कार्ड प्रयोग गरेकै थिए त के परिणाम आयो? निकास मधेशमा छ, हाम्रा नेताहरुले किन दिल्ली र बेइजिङतिर समय खेर फालेका? वार्ता र संविधान संशोधन एकमात्र उपाय हो, जुन काम जति चाँडो गर्यो उति सहज हुन्छ।
सिराहामा बसेर झापा माग्नु भो भने निर्वाचन क्षेत्रको समस्या सामाधान हुने देखीदैन । भारतको आडमा लिम्बुवान र अखण्ड सुदुर पश्चीमको मागलाई बेवास्ता गरे भोलि अरुणपारिका जिल्लाको अवश्था मधेशको जस्तै नहोला भन्ने ग्यारेण्टी गर्न सक्ने अवश्था छ त ?
झा जी , कुरा के छ भने अढाई सयमा ज्ञानेन्द्रको जयजयकार गर्ने जनताहरु नै हुन लोकतन्त्र ल्याउने । मधेश कसैको ठेक्का हैन । उपेन्द्र यादवको दोस्रो चुनावमा कसरी पत्ता साफ भो दुनियाले देख्या छन । काँग्रेस, कम्युनिष्टका ९० जना सांसदको चिन्ता नगर्नसु । बरु मधेशवादी दलहरुलाई नफुटी ‘राज’ सल्लाह दिनुस ।
हैन यो देश भनेको भुगोल मात्र हो की जनता पनि हुन्, माटो ढुंगाको माया लाग्ने तर समतल क्षेत्रमा बस्ने आधा जनसंख्या माया नलागने यो राष्ट्रलाई! वाह रे हाम्रो राष्ट्रवाद!, काठमाडौंले साठी दिनसम्म मुहान थुनेर मधेशमा रगतको खोलो बगाएको बेलामा पनि यस्तै दुःख मनाउ गरिदिएको भए हुन्थ्यो। हुन सक्छ, बाढी आउँदा दुई चारवटा फोहर पनि बगेर आउनु स्वभाविक हो, आँखा बाढीतिर लगाउँ, फोहर आफै बगेर जान्छ। यसकारण आन्दोलनको कमजोर पक्षको चियो गरेर सयम खेर फाल्नु व्यर्थ छ। दशैँमा जनताले पाएको दुःखमा हामीलाई पनि पीडा भएको छ । यसकारण तार्किक र जायज मागहरुको यथासिघ्र सम्बोधन गरौँ र निकास निकालौँ।
दशैमा पहाडे , शोषक , सामान्ती पहाडेहरुले दुख पाए भने चिन्ता नगर्नुस । समतल क्षेत्रमा बस्ने आधा जनसंख्याको दिवाली र छैट आउन बाँकी छ । रोजिरोटी गरेर जिविकोपार्जन गर्ने मधेशीहरुले हातमा हँसिया बोकेर आन्दोलन गरेको दिन थाहा लाग्नेछ - यो बन्दले काठमान्डौ मात्र आक्रान्त भयो कि मधेश पनि ।
एमालेले मैथली र भोजपुरीको संरक्षणको लागि के गर्यो, संविधानसभामा अनिवार्यरुपमा दौरा सुरवाल लगाउन जारी गरेको आदेश अझै पनि ताजै छ, यसकारण अतिवादी राष्ट्रवादी जो मुलत पहाडी, पहाडी भेषभूषा, संस्कार र भाषालाई मात्र राष्ट्रवादी ठान्छ, यो समूहले मधेशलाई कर्नर गर्ने सोच लिनु अस्वाभाविक होइन। त्यहाँ रामचन्द्र झाहरुले पहाडी नेताहरुलाई समर्थन गरेर बस्नुपर्छ होइन भने तिनीहरुले त्यहाँ स्थान पाउने छैनन्।
एमाले त खत्तमै पार्टि हो । नरेन्द्र मोदि धोती लगाएर राष्ट्रसंघमा भाषण गरिरहेको देखिन्छन । हाम्रा उपेन्द्र यादव बिदेशमन्त्री रहुञ्जेल टाइसुटमा बिदेशै घुमे । वहाँलाई सोध्नु न - मधेशी हुँ भन्न लाज लाग्या थ्यो ?
हैन यो देश भनेको राजमार्ग मुन्तिरका जनताहरुको मात्र हो कि हिमाल पहाडको पनि हो ? सुनसरीमा बस्ने राईलिम्बुलाई गनेर कहिले सम्म राज्यको आधा जनसंख्या आधा मधेशी छन भन्दै बस्ने हो ? कुन जात र संप्रदायको अस्तित्व कति प्रतिशत छ र कहा कहाँ फैलिएका छन कहिले अध्ययन गर्नु पर्दैन ?
'मर्निङ सोज द डे' भन्ने अंग्रेजी उखानलाई सम्झिने हो भने एमाले, मसाल माले र राजावादीको गठबन्धनले नेपालमा साझा राष्ट्रियताको पहिचान बन्न दिदैन भने लगभग पक्का छ। उल्टै आन्दोलनलाई मधेशको आन्दोलन जमिन्दारको हो भन्नेहरुले ४० जना मृतकका थर र आर्थिक अवस्था हेरे हुन्छ, अधिकांश दलित, रिक्सावाला, गरीब र मजदुर छन् ।
'मर्निङ सोज द डे' भन्ने अंग्रेजी उखान सम्झिने हो भने वा भनौ अहिले सिमामा बसेर भारतिय नाकाबन्दीलाई सजिलो पार्ने नेताहरुको बिगत सम्झीने हो भने यो लडाई “कुर्सिको सुनिश्चितताको” लागि हो । म पनि त्यही सोच्छु , पहिचान र अधिकारको यो लडाँईमा काठमाण्डौको एक करोडको झुपडी हुने ‘महतो, यादव’ हरु किन मरेनन । स्याला , आन्दोलनमा ‘शोषक सामान्ती पहाडे बाहुन‘ पुलिसहरु ताकि ताकि अधिकांश दलित, रिक्सावाला, गरीब र मजदुरहरुलाई गोली हान्दा रहेछन ।
पहिला ६ प्रदेश, फेरि ६ बाट ७ प्रदेश बनाउँदा कुनै विज्ञताको जरुरी परेन। त्यसका लागि दाहाल, सिटौला र खरेलहरु सर्वविज्ञ थिए। अहिले मधेशी र थारुको बेलामा बिज्ञ चाहिने! यो दोहरो मापदण्ड किन हो हजुर? हाम्रो अनुहार कालो भएर हो त? कि तपाईँ बलिया भएर हो। प्रदेश के हुने भन्दा पनि तपाईको मापदण्डमा हाम्रो चित्त दुखाई हो। नवलपरासीदेखि बर्दियासम्मको भागलाई माथि रोल्पा र बाग्लुङ्गसँग कुन विज्ञान र आधारमा जोडनु भएको हो हजुर! माग्दै न मागिएको अखण्ड लुम्बनी काँहाबाट आयो हजुर? जान्न पाए चित्त बुझाउन हुन्थो कि।
मधेशको आन्दोलनका नेतृत्व गरेका भनिएका नेताहरुले छातिमा हात राखेर मधेशका जनता सामु भन्न नसकेको कुरा के हो संविधानले पहाड र हिमालमा १०० सीट, तर मधेशमा ६५ मात्र द्या छ - यसले हाम्रो भाग पुग्दैन । यहाँलाई जानकारि रहोस - _सरकारले २१ असोजमा संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले ‘मुख्य रूपमा जनसंख्यालाई आधार मानी जनसंख्या र सदस्य संख्याको अनुपात यथासम्भव समान हुने गरी संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी’ निर्धारण गरिने उल्लेख छ । यसरी क्षेत्र निर्धारण हुँदा तराईका २० जिल्लाले ७९ (४८ प्रतिशत) सिट पाउछन । _
यही राष्ट्रवादी धारले पहाडमा मधेशप्रति भम्र फैलिएको छ, कृष्णप्रसाद भट्टराईले लाखौं लाख भारतीयलाई नागरीकता बाँडे र नँया संविधानमा नागरिकताको प्रावधान खुकुलो पारी ४५ लाख भारतीयलाई नागरिकता दिने र अंगीकृत नागरीकलाई देशको प्रधानमन्त्री र राष्ट्रपति बनाई नेपालाई फिजी बनाउनका लागि भारतले गरेको यो नाकाबन्दी हो भनी पहाडतिर मधेशको बारेमा भम्र फैलाइएको छ।
शुरुमा मधेशलाई पहाडमा मिसाउन नहुने , नमिसाई सिमानङ्क गरी दिए पछी पहाड चाहियो । आखिर चाहिएको तपाईहरुलाई के हो ? हिजो मधेशको धानले राज्य पालेको फुँई लगाउनेहरुलाई आज सिङ्गो संम्बृद राज्य पाउदाँ के को डर लाग्यो ? गरि खाने हिम्मत छैन ? अंगीकृत नागरीकलाई देशको प्रधानमन्त्री र राष्ट्रपति बनाई नेपालाई फिजी बनाउने अभिप्राय हैन भने अंगिकृत बाउलाई “नेपालको कार्यकारी” बन्ने किन यत्रो लोभ । बंशजको नागरीकता पाउने छोरोको अधिकार छदैछ नि । हैन हाम्रा मधेशी दाजुभाईहरुलाई बिहारबाट चुनाव हारेर आएका मान्छेलाई सांसद बनाउने कस्तो लालसा !
मधेशी र पहाडीको बीचमा फाटो बढाइ आफ्नो राजनीतिक भोट बैंक दरो गर्ने राष्ट्रवादी कम्युनिष्ट धारले देशलाई द्वन्द्वमा मात्र धकेल्ने हो भनी पहाडी दाजुभाइले पनि बुझ्नु पर्दछ । जब दल वा नेताहरुसँग जनतालाई आफूप्रति तान्ने खास एजेण्डा हुँदैन, तब उनीहरुले राष्ट्रवादको नारा दिन्छन्, त्यसले जनतालाई केहीबेर दिग्भ्रमित त पार्न सक्छ, तर त्यो दीगो हुँदैन । यस्ता नारा दिने प्रायः तानाशाहीहरु हुन्छन्, र विश्वमा तिनको अन्ततः नराम्ररी पराजय भएको छ।
माथिका तपाईका अमृत बचन अक्षरश मनन गर्नुहोस । तपाईलाई धोती र टोपीमा कुनै समस्या हुन्न । तपाईको यो चाँही कुरा मननिय छ ।
त्यसमा पनि प्रधानमन्त्री ओलीजी नै ए अंगीकृतलाई नागरिकता लिएको भोलिपल्ट नै राष्ट्रपति चाहिने जस्ता भ्रामक कुरा गरेपछि जनताले के बुझ्ने हुन? नत अंगीकृतलाई आएको भोलिपल्ट राष्ट्रपति बनाउने माग छ नत ६५ लाख भारतीयले नागरीकता लिएका हुन्। मधेशी त सदासर्वदादेखि राजा जनक, सिम्रनगढ र विराट प्रदेशका भुमिपूत्र र पुत्रीहरु हुन्। फेरि गृह मन्त्रालयको तथ्यांक हेरे हुन्छ। २०४६ साल पछि कतिजनाले अंगीकृत नागरीकता पाएका छन्, एक सय पनि पुग्दैन होला। प्रतिनिधित्व र अंगीकृतको सवाललाई मिसाउनु नै रंगको विभेद हो। यदि गलत मान्छेले नेपाली नागरिकता लिएका हुन भने ती नागरिकतामा हस्ताक्षर गर्ने सिडीयो साहेवहरु को हुन तर सर? लिने गलत तर दिने सबै सही भए होइन त? अवसर प्राप्त गर्ने कतिजना अंगीकृत छन् त? खोजौं न डाटा, जनतालाई भड्काउनका लागि अँध्यारोमा तीर नचलाउ।
मधेशीले जन्मौ जन्म राष्ट्रपती , प्रधानमन्त्री , सभामुख बन्न पाउदैन भन्ने हौवा पिटाउदै हिड्ने हो भने मधेशका जनताले के बुझ्ने ? उपेन्द्र यादव, बिजय गच्छेदारलाई , महन्थ ठाकुरलाई राष्ट्रपती , प्रधानमन्त्री , सभामुख बन्न कसले रोकेको छ ? अँ मलाई तपाईको चिन्ता लाग्यो । तपाईलाई सर्वोच्च अदालतको प्रधानन्याधिस बन्नको लागी यो संविधानले कहाँ निर रोकेको छ ? तर राजेन्द्र महतोको नागरिता अंगिकृत नै हो भने उनले राष्ट्रपती , प्रधानमन्त्री , सभामुख कुनै पनि हालतमा बन्न पाउनु हुदैन बरु हाम्लाई नेपाल भन्दा २२ गुणा ठुलो देशको नागरिकता स्वीकार छ । त्यो त्यही अवश्थामा मात्र स्वीकार्य छ ।
हुन त अंगिकृतको मुद्दा ठुलो स्वर गरेर बनेको तपाईको पहिचानमा गार्हो पर्ला तर गहिरिएर सोच्ने हो भने **अंगिकृत नागरिकता भनेको अवसर खोज्दै कुनै अर्को देशबाट आयातित हुने नागरिक हो जस्ले त्यहीका स्थानीयको अवसरलाइ हत्याउने हुन्छ **। यती कुरा बुझिदिए हुने ।
जब यो बीस वर्षमा अंगीकृत नागरिकता हाम्रा वामदेव गौतम, भीम रावल र कृष्ण सिटौली (पूर्व गृहमन्त्रीहरु भएका कारण भन्न खोजिएको हो) जीहरुले दिनु नै भएको छैन उनीहरुले अवशर कसरी प्राप्त गरे। अंगीकृतहरु राष्ट्रपति हुन्छन् भन्ने भम्रपूर्ण सूचना संप्रेषण नगरौँ किन भने पाहाड तिर पछि सम्हालन गाह्रो होला ।
झा जी , मुद्दाको छिनोफानो गरे जस्तो दिगभ्रमित गर्ने काम नगरौ । गृहमन्त्रीले नागरिकता दिने वा दिएको नागरिकता कसको हो भनेर खोजिनिति गर्ने हैन । यसको लागि छूट्टै निकाय हुन्छ । त्यो काम तिनिहरुले नै गर्ने हो । राजेन्द्र महतोले नागरीकता लिए पछी राजेन्द्र महतोको बाबुले नागरिकता लिएको देश हो । तराईमा जस्तै बैचारिक जागरुकता पहाडमा पनि छ । अंगिकृतलाई त संसदिय चुनावमा पनि भोट हाल्न दिनु हुदैन भन्नै ठान्छौ हामी राजमार्ग मास्तीरका सोसक सामन्ती पहाडे बाहुनहरु । संसारमा कुन चाही देशमा अंगिकृतले पाएको अधिकार भन्दा कम छ नेपालको संविधान ?
प्रचारमा आएको पैंतिस बुँदे माग मधेसी दलहरुको माग होइन। बुझ्नुपर्ने कुरा के हो भने त्यो चारवटा माग– मधेसको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, राज्यको संरचनामा समानुपातिक समावेशीको हक, सीमांकनमा संशोधन र नागरिकतासँग सम्बन्धित धारा र उपधाराहरुमा गर्नुपर्ने संशोधनहरु नै प्रमुख मागहरु हुन्। त्यसकारण कसैले ३५ बुँदे कसैले १०२ बुँदे माग भनी गरेको व्याख्या उपयुक्त होइन्। बडो स्पष्ट चारवटा माग छ त्यसलाई सम्बोधन गर्न प्रतिनिधिको सिहाबले गरिने संशोधन ३५ ठाउँमा हुन्छ भनी स्पष्ट हुन आवश्यक छ।
यदी तपाईहरुले अंगिकृत नागरिकलाई समेत कार्यकारी पदमा समेत पदमा पुग्न बाटो खोजेको हो भने - त्यसको मुल्य चुकाउनु पर्ने छ । शोषक , सामान्ती , पहाडे, बाहुनहरुको दानापानी मात्र बन्द गरेर हुदैन बाँकी रहेको एक मुट्ठी श्वास पनि लिनु पर्छ । बाँकी कुरामा आपत्ति छैन । सिंङ्गै नेपाललाई मधेश प्रदेश बनाए हुन्छ । हकदावी गरेर दुई अढाई सय बर्ष शाशन गर्न लिजमा लिए पनि हुन्छ ।
तपाईको लेखको पाँचौ प्याराग्राफमा तपाईले भनेको “हाम्रा नेताहरुले किन दिल्ली र बेइजिङतिर समय खेर फालेका?“ भन्ने प्रश्नको उत्तर नै हो तपाईले सरलीकरण गरेको चारवटाँ बुदाँ मध्येको अन्तिम बुदाँ = “ नागरिकतासँग सम्बन्धित धारा र उपधारा“ सम्बन्धीत बिबाद ।
जतिनै बुदाँमा माग राखेपनि “अंगिकृत लाई कार्यकारी बनाउने माग“ स्वीकार्य हुदैन । सबैलाई चित्त बुझाएर नेपाललाई जति चोक्टा टुक्र्याए पनि हुन्छ ।
सरकार र संयुक्त प्रजातान्त्रिक मधेस मोर्चाबीच कात्तिक १५ गते हुने सम्भवतः अन्तिम वार्ता ( मधेशी मोर्चाले बताइ सकेको अवस्थमामा) यसलाई अवसरको रुपमा प्रयोग गरौं र बीचको बाटो निकालौं जसले सबैको लागि जित्ने समाधान (विन विन सलुसन) सिर्जना गर्न सकोस। अन्ततः जस ओलीजीलाई नै जाने हो, देशलाई निकास दियो भनेर। प्रधानमन्त्री भएको बेलामा ऐतिहासिक नेतृत्व गर्ने र सम्पूर्ण नेपाललाई खुसी तुल्याउने अवसरको सिर्जना गर्नबाट नचुक्नुहोस् भन्ने मेरो उहाँलाई सदशयता र सुझाव। हुन त ओलीजीलाई पनि मधेसी भनेपछि काउसो लागेजस्तो हुन्छ, उता मधेसमा पनि ओली भनेपछि मान्छेहरुलाई खाना नै नपच्ने स्थिति बन्दैछ, यी सबै कुराको समाधान ओलीजीको अबको रबैयामा भर पर्नेछ। उहाँले प्रधानमन्त्रीमा निर्वाचित हुने दिन दिनुभएको भाषणलाई सँधै सम्झेर काम गर्नुभयो भने समाधान टाढा छैन । त्यसकारण आजको मौका खेर नाफालौं ।
मधेश आन्दोलनका हिलो : दिपेन्द्र झालाई उत्तर
सेतोपाटीमा छापिएको दिपेन्द्र झा को मधेश आन्दोलनमा हिलो नछ्यापौं, छिटो निकास खोजौं भन्ने लेखमा मेरो टिप्पणी मधेशमा यत्रो मान्छे मारिएकोमा वामदेवजी र सुशीलजीका लागि पनि महजोडी र मनोज गजुरेलहरूले क्षमायाचना गरेर पापमोचन गरेको भए हुन्थ्यो। यो देशमा कलाकार र जोकरहरू पनि जातीवादी रहेछन् त?
महजोडी र मनोज गजुरेल पेशैले जोकर हुन । तपाईको आशयलाई मध्यनजर गरेर भन्दा एउटा पहाडिया जोकरले उसको समुदायको दैनिकि अस्तब्यस्त पार्ने छिमेकी देशको प्रधानमन्त्रीको धज्जी उडायो । यसमा यहाँलाई चित्त दुख्नु पर्ने कुरा के छ ? उसो त राम्रो काम गरे भनेर वाहवाही पाएका मधेसी मुलका मन्त्री लालबाबु पन्डितको कामको प्रशंसा गर्दै गरेको गजुरेलको प्रहसन सबैले रुचाएकै हुन ।
मारिँदा रहस्यमय मौनता देखाउने । आफ्ना देशका नागरिक मारिँदा पाप मोचन गर्न नपर्ने हो त? कि काला अनुहारका ती मधेसीहरू मानव नै होइनन्? हाम्रो राष्ट्रवादको उमंग पनि भारतले जुराइदिँदो रहेछ। तेल र ग्यास पाउन छोडेपछि राष्ट्रवाद जाग्दो रहेछ। त्यसो हो भने हामीले भारतलाई धन्यवाद दिनुपर्दछ हाम्रो राष्ट्रवाद पनि भारतबाटै आयत गर्ने अवसर जुटाइदिएकोमा।
तपाईको कुरामा म आधा सहमत छु । कसैको राष्ट्रियता भारतले जुराईदो रहेछ , कसैको राष्ट्रबाद भारतले जुराईदो रहेछ। यहाँ भारत बिना केही नहुने भो । उसो त सुर्खेत र जुम्लामा पनि आन्दोलनकारीको मृत्यु नभएको होइन । हुन त जहाँका भएपनि नागरिकको मृत्यु हुनु किमार्थ राम्रो होइन, तर राज्यले छानीछानी मधेसीलाई मात्र दमन गरेको छ भन्ने तर्कसँग सहमत हुन सकिन्न । मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीलाई उत्तेजित पार्न के कस्ता करतुतहरु गरिएका छन् भन्ने कुरा सम्झाइरहन नपर्ला । गोली भन्दा बोली प्रयोग गर्न चाहने एसएसपीलाई हिंसक तारिकाले मारिनुलाई त हजुरले पहाडे राज्य सत्ताको दलाललाई गरिएको गौरवपुर्ण सफाया भन्नुहुन्छ होला हैन ??
मिडयाले देवत्वकरण गर्न खोजीरहेका नारायणकाजीलाई तिनै मिडियामा देखीएको फोटोको आधारमा पनि भन्न सकिन्छ - उनि ढोङ्गी हुन । भुतपुर्व मन्त्रीको हैसियतमा पाउने कुनै सुबिधा लिन्न । सर्वसाधरण झै सार्वजनिक यतायत प्रयोग गर्छू भन्छन तर
उनि पैदल हिड्दा पनि उनको झोला उनको साहायकले बोकी दिनु पर्छ ।
पानी पर्दा साहायकलाई उनको छातामा ओत लाग्न सम्म दिदैनन ।
उनको पानी पर्दा ओड्ने छाता उनको साहायकले बोकी दिनु पर्छ ।
सबभन्दा रमाईलो कुरा त आफ्नो झोला साहायकलाई बोकाउने हैसियत राख्ने उनि हामी जस्ता अर्काको भारी बोकेर सार्वजनिक यतायत चढ्ने मध्यमबर्गिय सर्वसाधरणको तेजोबध गर्न आफ्नो झोला साहायकलाई बोकाएर हाम्रो सिटको छेउमा टुसुक्क बस्छ ।
हाम्रो गरिबीको यो भन्दा ठुलो उपहास के हुन सक्छ ? :(
मेरो ल्यापटपको हालत
इलामको मुटु
गुगल प्लसको भविष्य
फेसबुकलाई टक्कर दिने अभिप्रायले गुगलले सञ्चालनमा ल्याएको सोसल नेटवर्किङ्ग वेबसाईट गुगल प्लस बन्द हुदैछ भन्ने हल्लाले गत सप्ताह ठुलै चर्चा पायो । गुगलले आधिकारीक रुपमा यसबारे कुनै जानकारि सार्वजनिक नगरेको भएता पनि गुगलबाट गुगल प्लसका प्रमुखले बिदा लिनु , गुगलको मुख्यालयमा गुगल प्लसको सञ्चालनमा कार्यरत कर्मचारीहरु सरुवा गरेर अन्य उत्पादन शाखामा सरुवा गरिन लागेको कुराले यस हल्लालाई बल पुगेको थियो ।…
View On WordPress
उसो त छिमेकी जिल्लाको नेता भएर होला । लालबाबु पण्डीतको नाम पहिल्यै नै सुनेको थिए । मन्त्री भएपछी त छापाहरुमा छाउने नै भए । उनको चर्चा सँगै गैरआवशिय नेपालीहरुको बारेमा उनले ब्यक्त गरेको धारणाले चर्चा पायो । त्यस बिच शायद मैले ABC टेलिभिजनमा होला उनको अन्तर्वाता हेरेको थिए । मान्छे अलि घामड (अब्यबहारीक) हुन कि जस्तो लागेको थियो ।
समाचार बेच्नु थियो । पत्रिकाले उनको बोलीलाई अलि क्रान्तीकारी तरीकाले उचाली दिए क्यार। मैले पहिले नेपालबाट सरकारी तलब खाएर बिदेशमा पिआर लिएर बसीरहेका प्रति उनको रिस हो भन्ने बुझेको कुरा अब जुनसुकै कारणले बिदेशपुग्ने नेपालीहरु राष्ट्रघाती (देशको माया नभएको भन्ने अर्थमा होला ) हुन भने जस्तो भो ।
यसबिच पण्डीतको मिडीया पण्डीत्याँई खुबै भो । बिदेशबाट नेपालीहरुले म फलानो र चिलानो भएर बिदेश आँए मलाई किन गाली गरिस भनेर खुल्ला पत्र लेखे । कुरोको चुरो भगवान जानुन । यस बिच न पण्डीतले मेरो आशय यो हो , यसो भनेको हैन भने । न सम्पुर्ण गैरआवशिय नेपालीहरुलाई लालछ्ना लगाई रहदाँ गैरआवशिय नेपाली संघले ' भन्न खोजेको के हो ?' भनेर खोजीनिति गर्यो । बिदेशी प्रगती सँंग कुनै सम्बन्धमा नभएकोले हुन सक्छ । यो कुरा नै वाहियात बकबास भने जस्तो लाग्न थाल्यो मलाई । खासमा कुरा बकबास नै त कहाँ थियो र ? कुरोको चुरो नबुझेकोले बिखलबन्दमा परियो ।
हिजो मात्र अन्नपुर्णपोष्टमा कृष्णप्रसाद भण्डारीको एउटा लेख पढीयो । त्यसपछी पण्डीतको पण्डीत्याँईको बारेमा यही लेखको आशय अन्तीम सत्य हो भन्ने लागेको छ । खासमा मोही माग्ने ढुङ्रो लुकाउने गरेर कहाँ मोही खान पाईन्छ र ?
शुरुमा पण्डीतले यसखालका मान्छेलाई निशानामा पारेका थिए होला भन्ने लागेको थियो ।
त्यस बिच यसखालका लेखहरु आउन थाले पछी बिखलबन्दमा परियो ।
यो लेखपढे पछी अब मलाई खासै यसबारे खोजीनिती गरी रहन मन छैन । कुरोको चुरो यही हो भन्ने मेरो पनि मान्यता रहेको छ ।
सम्झनामा कम्बोडिया (अन्नपुर्ण पोष्ट , २०७० चैत्र २२, शनिबार )
In this tutorial, we're going to create some slide and push off screen menus that transition into view using CSS3 transitions.
खुट्टा नहुनेलाई जुत्ता
खासमा सन्सरा बार नभई मेरो दिमागले खासै फुर्सद पाउदैन त्यसैले म अरु दिन हम्मेसी यहाँ आउदिन । यहाँ भन्नाले यस ब्लगमा । आज दिनभरी मेरो मनमा एउटा कुरा खेली रहयो । यो कुरा शेयर गर्नको लागि उपयुक्त मान्छे नि भेटिन । जसलाई पायो त्यसलाई जुन पायो त्यही कुरा सुनाउदा के रियाक्सन होला भनेर मलाई बढो डर लाग्छ । त्यसैले म रिक्स लिन्न । त्यसैले मैले यो कुरा दुनियाँलाई सुनाउने बिचार गरे ।
भुमीका
म फुच्चे थिए । नेपाल टेलिभिजनमा बिजयकुमारले एउटा कर्यक्रम चलाउथे । दिशा निर्दैश भन्ने चाही हैन । सम्भवत उनले एक पटक बिनोद चौधरीलाई कार्यक्रममा ल्याएका हुनु पर्छ - बढो टेश पर्दो कुरा गर्या थिए उनले । " लङ्गडोलाई खुट्टाको आश हुन्छ रे , भगवानले चमत्कार गरेर उसलाई खुट्टा दिए भने उसले चप्पल खोज्छ रे । चप्पल लाउन थाले पछी जुत्ता , जुत्ता पाए पछी हिड्न नपरे हुन्थयो भन्ने सोच्छ रे ..... "
सन्दर्भ
एउटाले यसो भनसुन गरेर जागीर भेट्या थियो । जागिर खान थालेको महिना दिन नबित्दै उसको नियुक्तीपत्रमा हस्ताक्षर गर्ने हाकीमले अड्डामा माल पड्काई रहेको छ भनेर उसै सँग निहुँ खोजेछ ।
उपसंहार
म स्तब्ध छु । मुलालाई मैले किन ङिच्च दाँत देखाएर जागीरको लागी सिफारिस गरे भनेर :(
ट्वीटर नमुनाहरुको शहर हो ।
नमुना १ : फलोब्याक देउ ।
नमुना २ : फलोब्याक दिए पछी अनफलो नगर ।
नमुना ३ : ब्लक गर्दिन्छु ।
नमुना ४ : कति वटा रिट्वीट भएछन ?
नमुना ५ : यती रिट्वीटले कहाँ पुग्छ र ? यसलाई डिलीट गरेर टाईमलाईन चलायमान भएको बेला फेरी गर्छु ।
नमुना ६ : के छ बुने ? (बुने भन्नाले यहाँ प्रतिकात्मक रुपमा कुनै युवती बुझ्नु पर्छ ।)
नमुना ७ : डिएम पठाएको छु #bune
नमुना ८ : बजार रक्सी र बोक्सीले तातेको छ ।
नमुना ९ : फूली
नमुना १० : हाईकिङ्ग
नमुना ११ : मेरो ब्लग पब्लीस भा छ हेरेर कमेन्ट गर्द्याओ न (सके सम्म डिएममा)
नमुना १२ : क्रिकेट
नमुना १३ : फुटबल (अझ म्यानचेष्टर र चेल्सी )
नमुना १४ : आज मौसमले च्यालेन्ज गरेको छ ।
नमुना १५ : धरधरी साहित्य
नमुना १६ : फूलीबाद ( फुली भनेको एस्ट्रीक हो । एस्ट्रीकलाई "समाज", "माओ" आदीले प्रतिष्थापन गर्दा हुन्छ । )
नमुना १७ : ब्लग लिङ्क (?अटोलिङ्क?) (लाग्छ दुनियाको सब समाचार तिनैले पढ्छन र त्यही शेयर गर्या हुन । )
नमुना १८ : बाबुराम को ट्वीट
नमुना १९ : नुनदेखी सुन सम्म को बिज्ञता
नमुना २० : चलचित्र समिक्षा
नमुना २१ : अन्तरा !
नमुना २२ : स्त्रीलम्पट
नमुना २३ : झ्याप !
नमुना २४ : राष्ट्रीयता
नमुना २५ : बुद्द नेपालमा जन्मेको हो ।
नमुना २६ : मेन्सनको रिप्लाई दिएन अनफलो गर्दिन्छु ।
नमुना २७ : बरिष्ठ
नमुना २८ : यती जनाले अनफलो गरेछन ।
नमुना २९ : फलोईङ्ग र फलोवरको डिफरेन्स धेरै भो - बरिष्ठ
नमुना ३० : नम्सकार गरे है सबैलाई (उक्त दिनको पहिलो ट्वीट)
नमुना ३१ : फेसबुकको फोटो पोष्ट गरेको लिङ्क
नमुना ३२ : हावाछेकुवा
नमुना ३३ : रुन्चे साहित्य
नमुना ३४ : धरहराको म:म:
नमुना ३५ : ईन्ष्टाग्राम फोटो
नमुना ३६ : बियर ईन्जीन
.............................
.............................
उत्कृष्ट नमुना : ट्वीटर नमुनाहरुको शहर हो र म पनि त्यसको एउटा बासिन्दा
खासमा मैले कहिले देखी ब्लगिङ्ग गर्न थाले ? किन गर्न थाले ? भनेर कसैले सोधे भने म सँग त्यसको सहि उत्तर छैन किन भने मैले ब्लगिङ्ग शुरु गर्दा ताकाको ब्लग मैले उहिल्यै डिलीट गरी सकेको छु । त्यसको केही समय पछी फेरी बनाए अनि फेरी त्यसलाई डिलीट गरे । एक पटक त आफ्नै डोमेनमा होष्ट पनि गरे । त्यसलाइ कन्टेन्ट स्ट्याण्डर्ड नभएको , नियमित नभएको , भाषिक शुद्ता नभएको आरोपमा मैले त्यसलाई डिलीट गरे । तर म नेपालको नेपाली भाषामा लेख्ने पहिलो ब्लगर चाहि छैन । कुरा किन लम्ब्याउने - म सँग प्रमाण छैन तर अलि अगाडी देखि नै लेख्थे भने जस्तो लाग्छ मलाई । माथी मैले कहिले देखी ब्लगगिङ्ग गर्ने थाले भन्ने कुराको उत्तर दिए । अब किन गर्ने थाले भन्ने कुराको उत्तर भन्छु । रुची , वेब डिजाईनमा - तर शुद्द वेब डिजाईन बाहेक कहिले काँही सुचना प्रविधीका घटना क्रमको बारेमा विश्लेश्णतात्मक लेख पढ्न पनि खासै अल्छी नमान्ने र चिने जानेका मान्छेहरुले सोधे पनि नाजवाफ हुन नपरोस भनेर आईटी रिलेटेड ब्लगहरु पढ्न थालिएको थियो । अझै पनि समय मिले सम्म पढ्छु तर आजकल समयले मलाई पछी पारेको छ । त्यसैले यो क्रम अलि कम भयो कि भन्ने पनि लाग्छ । तर आफ्नै ब्लगको कुरा गर्दा जानेको कुरा अरुलाई आफ्नो भाषामा सुनाउने रहर भएर ब्लगिङ्ग गरियो र यो क्रम जारी छ ।
अब म मैले माथी उल्लेख नगरेको प्रश्नको उत्तर लेख्छु । आक्कल झुक्कल ब्लग लेख्न थाले पछी एक पटक मलाई एक पत्रकार मित्रले पत्रिकाको लागी लेख्न भने । तर मलाई यो प्रश्ताव मेरो हैसियत अनुरुपको हैन भन्ने लाग्यो । समयक्रम बित्दै गयो । एक दिन मैले ब्लाष्ट दैनिकका सम्पादकलाई अब म लेख्छु मलाई स्पेश देउ भने । भन्ने बित्तिकै मेरो लागी एउटा कोलम नै तयार भयो ब्लाष्टको लागि । खासमा म लेख लेख्न योग्य भै सके भनेर मैले मलाई स्पेश देउ भनेको थिईन । त्यस बिच मलाई म अल्छे हुदै गईरहेको छु । केही कुरा पनि गहन अध्ययन हुन छाड्यो भन्ने लागी सकेको थियो । अनि मैले अचानक यदी मैले पत्रिकाको लागी आर्टिकल लेख्न थाले भने खिसीट्वयुरी बाट बच्न भए पनि अलि मेहनत गरेर कुनै बिषयको गहिराईमा पुग्छु भन्ने आभास भएको थियो । त्यो मेरो सोचाई वा भनु योजना पुरै त लागु भएको छैन तर " सके सम्म त्यसै गर्ने गरेको चाही छु । नियमित ब्लग अपडेट गर्न भनेर पत्रिकामा लेख्न थाले पछी मलाई विषयबस्तुको अभाव हुन थाल्यो । खासमा त्यो अभाव मेरो नितान्त ब्यक्तिगत थियो किन भने सयौ बिषय बस्तुमा लाखौ ब्लगहरु चलीरहेको छन तर सामग्री बिश्लेशणात्मक , निचोड निस्कने र पढ्नेले आफुले भन्न खोजेको कुरा प्रष्ट बुझोस भन्ने हिसाबले बिषयबस्तुको ज्ञान हुन जरुरी देखीयो र त्यो कुरा कहिले काँही लेख लेख्न बस्दा कमि भएको महशुश हुन्छ । तर प्रयास जारी छ । अब यो ब्लग लेख्नुको मुख्य कारण तिर जाँउ - मैले मेरा केही ब्लगहरुमा ठुला आईटी कम्पनीहरुले साना किन्नुको कारण "प्रतिष्पर्था सिमित" गर्नको लागी हो भनेर लेखेथे । ट्वीटरमै एक मित्रले मेरो धज्जी उडाए । त्यस बिषय सँगको बिभिन्न टेकपण्डीतहरुको बिचार पढेर मेरो अध्ययनले त्यही निचोड निकालेको थियो । त्यसैले म बहस गरेर उनलाई कन्भीन्स पनि गराउन सक्थे । तर सधै भरी ट्वीटरमा बुकुर्सी मार्ने फुर्सद हुन्न अनि "भलादमी शब्दले धज्जी उडाए" पछी आफु मौन रहनु नै उचित देखीयो । यस्तै खालको कुरा अर्को एउटा साथीले पनि गरेथ्यो तर मैले उत्तर दिए उसले बहस गरेन । यहाँ मैल भन्न खोजेको कुरा "नेपालका सुचना प्रविधीका ब्लग/वेबसाईटहरुमा" खासै घटनाक्रमको निचोड उल्लेख गरिएको हुन्न र यसका पाठकहरु पनि यस कुरालाई बिचार गरीरहेका हुन्न अनि ठाँउको ठाँउ धज्जी उडाई दिन्छन ।
नेपाली ब्लग , मिडियाहरुले कुनै ठुलो कम्पनीले साना कम्पनीहरु अधिग्रहण गर्नुको कारण नलेखेर आफुलाई ति ट्वीटेको नजरमा "लाटो देशको गाँडो तन्नेरी" बनाई रहेको अवश्थामा आजको कान्तीपुरले मेरो मैले उहिले लेख्ने गरेको "प्रतिष्पर्था सिमीत" गर्नको लागी ठुला कम्पनीले साना कम्पनी किनीरहेका हुन्छन निष्कर्ष सहितको लेख निकालेछ । कम्तीमा कान्तिपुरका पत्रकार नै सही मेरो जस्तो निश्कर्ष त अरुको पनि रहेछ नि भन्ने भै रहेछ । नबोलीकनै ति ट्वीटे मित्रलाई जिते जस्तो भैरहेको छ । खुच्चीङ्ग ! कुरा त त्यही हो - "फेसबुक / गुगल जस्ता कम्पनीलेहरुले ईन्ष्टाग्राम । स्काईप ह्वाट्सएप किनेको पैसा धेरै भएर हैन । कुनै दिन तिनीहरुले आफ्नो ठाँउ नओगटुन भनेर हो । आफ्नो मैलिक उत्पादन चल्न छोडेपछी आफ्नो बजार नसकियो भनेर हो । खासमा उनिरहरुले अस्तीत्वको बचाई राख्न लगानी गरेका हुन"
प्रसंग - १ साहिलो भने पछी दुईजना दाजुहरु थिए भन्नै परेन । तिनै दुई मध्ये जेठो दाजु सँग बस्न भनेर मलाई बुबाले साथै लएर काठमाण्डौ लानु भएको थियो । उसबेला काठमाण्डौको डेरा बसाई रमाईलो हुन्थ्यो । एउटा फ्लाटभरी केटै केटा बस्थे । मेरो दाजुको रुम पार्टनर एक जना न्यौपाने थरका पत्रकार थिए । उनले आफ्नो पेशामा धेरै दिमाग लगाएकोले अलपत्रकार बनेर गाँउ फर्केका थिए । तिनै अलपत्रकारका एक जना दाई थिए । सौतानी दाई थिए क्यार ! तिनी पनि महिनामा ८, १० दिन काठमाण्डौ आउथे । दाईहरु सँगै बस्दा रहेछन । मलाई पुर्याएर बुबा फर्कि सक्नु भएको थिएन । कुरै कुरामा मैले ति रुमपार्टनर दाईको दाई लाई मैले "दाई" भने । मेरो बा ले के सोच्नु भो कुन्नी - 'दाजु भन भनेर झपार्नु भो !' त्यो घटनाको बारेमा अहिले मलाइ यती मात्र याद छ । तर बा को गालीको प्रभाव ! म हम्मेसी आफुभन्दा सिनीयरलाई दाई भन्दीन । मेरो अफिसमा पनि म धेरैलाई दाजु (कसै कसैलाई दाई नै भन्छु । मेरो मनले तिनिहरुलाई दाइ नै धैरै भा छ दाजु नभन भन्छ :P ) नै भन्छु । मेरो एक सहकर्मीले मेरो यो शैलीलाई "तेल घसे"को भनेर बुझ्या रहेछ । मैले अर्थ्याई दिए । अझै पनि नर्मल्ली दाजु नै भन्छु । प्रसंग - २ मेरो परिवारमा नजिकका नातामा साख्ये दाजुभाई नभएका । बहिनीहरु ३ - ३ वटी ! हाम्रा परिवारमा ४ जना दाजुभाई । तिनीहरु हामीलाई साख्यै दाजु जस्तो मान्थे । उमेरले सबै म भन्दा साना । मेरो पनि बहीनि नभएको उनिहरुको माया लाग्थ्यो । खासमा मेरो ईज्जत गर्थे । वरिपरि झुम्मीन्थे । माया गर्छन मलाई भने जस्तो लाग्थ्यो । म उनिहरु प्रति ईमान्दार थिए । प्रसंग - ३ उनिहरुको बिदेश गए । अझ भनौ नेपाल छोडे । किनभने ति मध्ये एउटी बेलायत , अर्की अमेरिका ! अर्की सानी पनि भर्खरै उतै गईछ । यसबिच तिनीहरुको परिवारमा सानोतिनो उथलपुथल भो । मैले कसैको काँध थाप्न नसक्ने भए । म आफै स्ट्रगल गर्दै रहेकोले म ब्यस्त हुन थाले । उनिहरु सँग सम्पर्क हुन छाड्यो । ब्यस्त रहेको किनभन्ने ? एकाथपटक उनिहरुको कुरा सुन्दा " म चाही नेपालमा छु भने जस्तो फिल भो । ' त्यसपछी म खासै उनिहरुको सम्पर्कमा रहीन । बेप्रसंगको प्रसङ्ग २ महिना जस्तो पहिले सानीले मलाइ फोन गरी - यस बिच मैले गोडाचार एक सिम फेरी सकेथे होला । उसले कताबाट नम्बर पत्ता लगाएर फोन गरी । कुराको सन्दर्भमा उसले मलाई "दाई" भनेर सम्बोधन गरी । त्यतीबेलै मलाई पारो ताती सकेको थियो । मैले केही भनिन । यस बिच उ पनि अमेरिका गइछ । मुख्य प्रसङ्ग केही दिन अघी उसले मलाइ भाईबरमा म्यासज गरीथि "दाइ, फोन गर्नु भा थियो हो ?" । फेरी मेरो दिमाग तात्यो । भर्खरै भाईबरमा मिसकल आयो । नम्बर अमेरिकाको हो । उसले मलाई अब " दाजु " भनेर सम्बोधन गर्दिन भन्ने डरले मैले उसको फोन उठाईन ।
jQuery Plugins are not only essential for lazy web designers, but also for web design companies which get a lot of web design projects. Who would like to s