फूलहरू पनि फुल्दा रहेछन्। जुन पनि लाग्दो रहेछ। आकाश पनि देखिँदो रहेछ। जुनलाई हेरेर गफ गर्ने मेरो अवशेष पनि बाँकी रहेछ। प्रेम पनि बाँकी रहेछ। म भित्रको बचपना पनि बाँकी रहेछ।
शून्यताभन्दा पर घाम मज्जाले उदाइराको रहेछ त?! म किन शून्यतामै टोलाइरहेँ?
~ Prastuti Adhikari
















