समायोजन पछि स्वास्थ्यमा : भोगेन्द्र डोटेल ले पाए ब्यबस्थापन महाशाखाको जिम्मा ! काठमाडौं, ५ साउन: प्रदेश नम्बर १ का स्वास्थ्य निर्देशनालयको निर्देशकबाट संघमा पदस्थापन भएका भोगेन्द्र डोटेलले स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महासाखाको निर्देशकको पद बहाली गरेका छन् । टेकूस्थित व्यवस्थापन महासाखामा आईतबार आयोजित स्वागत कार्यक्रमपछि डोटेलले निर्देशकको पदबहाली गरेका हुन ।
















