कृष ४ र ५ मा प्रियंका भइन् बाहिर अरू तीन भए फाइनल
नयाँ दिल्ली –कृष ४ र ५ सँगसँगै बनाउने भनेर राकेश रोशनले घोषणा गरेका छन् । अहिले स्क्रिप्टलाई अन्तिम रूप दिइदैं छ र यसमा कलाकारको नाममा पनि विचार गरिँदै छ । ऋतिक रोशन मुख्य भूमिकामा रहने चाहिँ तय भैसकेको छ । प्रियंका चोपडा कृष चलचित्रको यस सिरीजमा नआउने भएकी छिन् । सुत्रका अनुसार कृष ४ र ५ मा तीन अभिनेत्री देखिने छन् त्यसमा दुईजनाले अन्तिम निर्णय गरिसकेका छन् । दीपिका पादुकोणसँग राकेश रोशन एकदमै प्रभावित छन् । उनी दीपिकालाई आफ्नो चलचित्रमा लिन चाहन्छन् । ऋतिक र दीपिकाले अहिलेसम्म साथमा कुनै चलचित्र गरेका छैनन् त्यसैले यो जोडी फ्रेश लाग्छ । दर्शकले पनि पहिलो पटक ऋतिक र दीपिकालाई ठूलो पर्दामा देख्नेछन् । उनीहरूलाई पहिलोपटक देख्दा दर्शकहरू पनि खुशी हुनेछन् । दोस्रो अभिनेत्रीमा उर्वशी रौटेला देखिनेछिन् । उनलाई ग्लामर भूमिका सुम्पिन सकिनेछ । राकेश रोशनद्वारा निर्मित चलचित्र ‘काबिल’ मा उनले एउटा आइटम गीत गरेकी थिइन् । तेस्रो अभिनेत्रीको रूपमा दिशा पाटनीको नाम विचार गरिने भएको छ । कुनै नयाँ अभिनेत्रीलाई मौका दिने सम्भावना पनि रहेको छ । अहिले यो नाम विचाराधिन नै रहेको छ। Read the full article











