the territorial rhombus

seen from United States
seen from United States

seen from Canada
seen from Martinique

seen from Germany
seen from China
seen from Türkiye
seen from Hong Kong SAR China

seen from Argentina
seen from China
seen from United States

seen from Canada
seen from Türkiye
seen from China
seen from United States
seen from Germany
seen from China

seen from Canada

seen from United Kingdom
seen from China
the territorial rhombus
V/A - Clicks_+_Cuts
220728 — code rhombus.
.
The Raute face sharp population decline as they balance tradition and modern pressures.
Unlike other Indigenous groups, they steadfastly reject agriculture, permanent settlements, and formal education. Their subsistence revolves around hunting monkeys, gathering wild tubers, and bartering handmade wooden goods for essentials like rice, tools, and clothing.
The Nepalese government has officially recognised the Raute as an endangered Indigenous group. According to Nepal’s 2021 National Census, their population was recorded at 566.
Women hold a central role in the Raute community, managing daily tasks such as cooking, fetching water, and gathering food. However, they have little say in decisions related to healthcare and education.
Raute woman, Nepal, by Jan Moller Hansen
◊ sing it orange to her
berlin mitte, 2018
the sound of money - o sing it orange to her (click, hear)
राउटेसँग एक महिना
भूषिता वशिष्ठ
करिब चार वर्षअघिको कुरा हो, एउटा वृत्तचित्र बनाउने क्रममा राउटेहरूसँग एक महिना बिताउने संयोग मिल्यो। सुर्खेतका नागबेली पहाड छिचोल्दै घोडाघोडीबाट तलसम्म परेको फाँटमा आइपुग्यौं, त्यहाँबाट केही कान्लामुनि राउटेहरूले अस्थायी बास बनाएका थिए। अस्थायी पनि के भन्नु, राउटेमा स्थायित्वकोे केही धारणा नै थिएन। उनीहरूका लागि समय प्रवाहमान सरिताजस्तो थियो जसलाई स्मृतिमा वा कल्पनामा बाँध्न सकिन्नथ्यो। घडीको काँटासँग दौडन अभ्यस्त हाम्रा लागि राउटेको समयातीत चर्या चुनौतीपूर्ण थियो। राउटेले भोलिको केही योजना नबनाउने हुनाले हामीलाई पनि सुटिङको तालिका बनाउन हम्मे पर्थ्यो। आजित भएर कार्यक्रमकी सञ्चालिका केट हम्बलले सोधेकी थिइन्, ‘यसैगरी चलिरहे तपार्इंहरूको भविष्य जोखिममा छ जस्तो लाग्दैन ? ’
वीरबहादुर मुखियाले मतिर हेर्दै सोधेका थिए, ‘भविष्य भनेको के हो ? ’
अलि अल्मलिँदै मैले भने, ‘आज बितेपछि भोलि हुन्छ, फेरि अर्को भोलि हुन्छ अनि अर्को। भविष्य भनेको यस्तै धेरै भोलिहरू हो।’
उनले जवाफ दिए, ‘यस्ता कुरा हामीलाई थाहा छैन। हामीकहाँ त जहिले आउँदा पनि आज मात्रै आएको छ, भोलि भन्ने कुरा त हामीलाई थाहा भएन।’
राज्य संरचनाका बारेमा फरकफरक कालखण्डमा फरकफरक सिद्धान्त विकसित भएका छन्। प्रागऐतिहासिक प्रक्षेपण र अन्दाजका आधारमा मानिन्छ कि आदिमकालमा मानिसले जब विस्तारै अन्न उब्जाउन सिके तत्पश्चात् भूमि–स्वामित्वको ठूलो महत्व भयो। मान्छेहरूले आ–आफ्नो श्रमबाट फँडानी गरेर खेतीयोग्य बनाइएका जग्गामा एकाधिकार जमाए। स्वाभाविक रूपमा बलिया–बांगाले बढी जग्गाको स्वामित्व पाए। यो स्पर्धामा विविध कारणले परि श्रम गर्न नसकी पछि परेकाहरूसँग सम्पत्ति भएन। यता यस्ता सम्पत्तिवालहरूले सामूहिक रूपमा एकत्रित भएर आफ्नो सम्पत्ति जोगाउने विशेष उपायको रूपमा एउटा सामाजिक संगठनको स्थापना गरे। संगठनले विधान बनायो। विधानमा सम्पत्ति चोर्ने वा लुट्नेलाई दण्ड दिने कडा प्रावधान राखियो। यसरी शोषक–शोषित, शासक–शासित, धनी–गरिब आदि विभेदको विधिवत् प्रारूप तयार भयो। हाम्रो राज्य, धर्म, कानुन इत्यादिको प्रादुर्भाव यहीँबाट भयो।
यो दृष्टिकोणबाट हेर्दा राउटे समुदाय सर्वथा भिन्न छ, किनभने आजका मितिसम्म पनि उनीहरूमा न कृषिको, न व्यक्तिगत सम्पत्तिको न राज्यको अवधारणा छ न उनीहरूको कुनै धार्मिक मान्यता वा किंवदन्ती वा लोकसाहित्य नै छ। मनोवैज्ञानिकहरूले सभ्यतालाई नैसर्गिक वृत्तिहरूको दमनको उपज मानेका छन्। एक महिनाको सहवासमा मलाई लाग्यो राउटेहरूमा न काम–दमन छ, न सभ्य बन्ने लालसा। हाम्रो कथाकी प्रमुख पात्र तुलसी विधवा थिइन्। तीन वर्षअघि उनको श्रीमान्को मृत्यु भएको रहेछ। तर, उनको काखमा दूधेबालक थियो। सुरुका दिनमा त उनले आफ्नो बहिनी पर्नेको दूध नआएकोले बच्चीलाई दूध पिलाएको भनेर टारिन्। हामी पनि यति मूर्ख थियौं कि सुत्केरी नभई दूध आउँदैन भन्ने कुरा हेक्कै भएन। पछि कुरैकुरामा उनका भाइले उनकै छोरी भएको खुलासा गरे। श्रीमान् मरेको तीन वर्षभन्दा बढी भइसकेको थियो। छोरी मुस्किलले एक वर्ष, हामी बिलखबन्दमा पर्र्यौं। कुरो बझ्दै जाँदा थाहा लाग्यो, हिजोआज सरकारले प्रत्येक राउटेलाई दुई हजार रुपैयाँ पेस्की दिँदोरहेछ। पहिलेका श्रीमान्सँग एउटी छोरी रहेकी तुलसीलाई पैसा अपुग भएछ। उनले मुखियालाई यो कुरा भनेपछि मुखियाले समुदायका सबैभन्दा बलिष्ठ नवयुवकसँग तुलसीलाई ‘थप बच्चा पाउन सहयोग गर्न’ भनेछन्।
यो कुरा किन हामीसँग लुकाएको भन्दा तुलसीले भनेकी थिइन्, ‘तपार्इंहरूले बुझ्दैन यस्तो कुरा।’ म आफूलाई वैचारिक रूपमा निकै उदार मान्ने भएकीले उनको कुराले झनक्क पारो पनि तात्यो तर वास्तवमा भन्ने हो भने मैले साँच्चै बझ्न सकिनँ। राउटे समाजमा न विधवा र सधवा नारीबीच अन्तर थियो न यौन सम्बन्धका बारेमा विवाहगत पूर्वाग्रह। त्यो सभ्यतातीत समुदायमा जुन प्रकारको स्वतन्त्रता थियो, त्यो हामी साहित्यमा मात्र कल्पना गर्न सक्थ्यौं। मेरो उदारता वैचारिक थियो, तुलसीका लागी त्यो शाश्वत।
आफूलाई जंगलको राजा भन्ने राउटेहरू बस्तीबाट टाढै बस्न रुचाउँछन्। तर, हिजोआज बढ्दो वन विनाशका कारण खाने कुराको अभावले उनीहरू गाउँलेका नजिक आएर बस्न थालेका छन्। समयको सुदूर कालखण्डबाट आएका जस्ता लाग्ने यी जातीलाई तथाकथित सभ्य समाजका नालीबेली अचम्मका लाग्छन्। वनबाट सहर नजिक आएपछि राउटेको परिचय भयो– पैसासँग। तर, पैसाको रहस्य पनि भविष्यको जस्तै अभेद्य छ उनीहरूका लागि। धेरै समयसम्म राउटे समुदायमा पैसा छुनुलाई अपवित्र मानिन्थ्यो। तर, हिजोआज जे पनि किन्न सकिने पैसाको क्षमताले उनीहरू चमत्कृत छन्। हजार र पाँच रुपैयाँको नोटको फरक उनीहरूलाई थाहा छैन। सबै नोटका मूल्य उनीहरूका लागि एकै छ।
राउटेले अन्धाधुन्ध बाली चोरे भनेर आक्रोशित भएका गाउँलेलाई लाग्छ– राउटेहरू अराजक, फोहोरी र लुटेरा जात हुन्। तर, राउटेको चित्तमा किनमेलको भाषा अझै घुसिसकेको छैन। आफ्नो छोरालाई २० को नोट थमाउँदै एउटी राउटे आमा भन्छिन्, ‘गाउँलेको बारीबाट मकै चोर्नु र उनीहरूलाई पनि तिम्रो हातबाट पैसा चोर्न दिनु।’
पढाइसँग सख्त नफरत छ राउटेलाई। उनीहरू ठान्छन्, पढाउनु भनेको सबै कदका मानिसलाई एकै उचाइमा ल्याउन खोज्नु हो। त्यसो गर्दा कहिले कसैको खुट्टा काट्नुपर्छ त कहिले कसैको गर्दन तन्काउनु पर्छ। तथापि सीपको कमी छैन राउटेमा। कुनै किला–काँटी प्रयोग नगरी कलात्मक बाकस, खाट, भाँडाकुडा बनाउन सक्ने सीपको गाउँलेहरू पनि मनग्य प्रशंसा गर्छन्। तर, खानपुग्ने काम सकिएपछि असर्फी नै बर्साए पनि डेग चल्दैनन् राउटे। म कहिलेकाहीँ सोच्छु, राउटेहरूलाई माक्र्सले भेटेका भए उनी के सोच्थे !
राउटेहरूले एउटै व्यक्तिको मात्र हालिमुहाली नहोस् भनेर चारजना मुखिया चुनेका थिए। वीरबहादुर मुखिया र आइतबहादुर मुखियाबाहेक अरू दुई मुखियाको नाम मैले बिर्सिएछु। उनीहरूको न्याय प्रणालीको बारेमा बुझ्न केटले सोधेकी थिइन्, ‘तपार्इंको समुदायमा हत्या, बलात्कारजस्ता जघन्य अपराध भए कसरी सल्ट्याउनु हुन्छ ? ’
हाम्रो सामाजिक जीवनको अभिन्न हिस्सा बनिसकेका यी धारणा आइतबहादुर मुखियाका लागि अकल्पनीय थियो। मैले मुस्किलले उनको प्रश्न बुझाएपछि आइतबहादुरले जिब्रो टोक्दै भनेका थिए, ‘त्यस्तो पनि गर्छ र कसैले ? ’
राउटे समुदायमा मलाई सबैभन्दा अचम्म लागेको कुरा, त्यहाँ कुनै पनि पालमा ढोका वा पर्दा थिएन। हेर्दा सानोजस्तो देखिए पनि यो कृत्यको दूरगामी प्रभाव थियो। रक्सी खाएर ढुन्मुनिएका श्रीमान्लाई पिट्दै गरेका थुप्रै महिलाहरू लोग्ने तह लगाएपछि नजिकै बसेर हेरिरहेका छोराछोरी फुल्याउँथे। प्रेमालापका कुरा पनि लुकाएर गरिँदैनथ्यो। अपठित भए पनि राउटे बच्चाहरू मानवजन्य वृत्ति र स्वभावका बारेमा हाम्रा सहरी बच्चाभन्दा बढी जानकार र सहिष्णु थिए। यौन, आक्रोश, मृत्यु, फोहोर, प्रेमजस्ता विषयका शिक्षा कुनै पुस्तक वा सिनेमाबाट नभई प्रत्यक्ष भोगाइबाट पाउँथे। यी केही वृत्तिलाई लुकाउने वा दबाउने प्रयास राउटेहरूको थिएन। धेरैपटक राउटेका अगाडि मलाई आफ्नो कथित सभ्यता रुग्ण र वचकाना लाग्यो। जुन स्वतन्त्रता र स्वास्थ्यको कल्पना हामी माक्र्स र फ्रोम पढेर मात्रै गर्न सक्र्छौं, कुनै पुस्तक नै नपढी राउटेहरू त्यसको ज्यादा नजिक थिए।
उनीहरूको प्रेमप्रतिको धारणा मैले बुझ्न सकेकी थिइनँ। उनीहरू जत्ति मानववेत्तर लाग्थे, त्यति नै अतिमानव पनि। सम्बन्धहरू प्रति उनीहरूमा बुद्धको जस्तो उदासीन समभाव थियो, जसमा ममत्व त थियो तर बलियो पकड थिएन।
छुट्टिनेबेला मैले वीरबहादुर मुखियालाई प्रश्न गरेकी थिएँ, ‘तपाईंलाई छोराहरूको धेरै माया लाग्छ कि श्रीमतीको ? ’
उनले जवाफ दिए, ‘अहिले त भाञ्जीकै (अर्थात् मेरो) माया लाग्छ।’
ढक्क छाती फुलाएर फेरि सोधेँ, ‘त्यसो भए सधैं सम्झनुहुन्छ त मलाई ? ’
‘गएपछि त के सम्झनु ? ’ उनले भने, ‘जो अगाडि छ त्यसैलाई पो माया गर्नु।’
http://annapurnapost.com/news/109525