तिमी निस्किए मार्गमा बल्छ आगो,बढेको जलनको छ चर्चा चलेको
चढेको यौवनको छ चर्चा चलेको,
नशालु नयनको छ चर्चा चलेको।
लुटाई गयौ रे सबै अस्मीता नै,
बिकेको त्यो तनको छ चर्चा चलेको।
तिमी निस्किए मार्गमा बल्छ आगो,
बढेको जलनको छ चर्चा चलेको।
यता हर्क माया दुवै मारमा छन्,
मुनाको मदनको छ चर्चा चलेको।
भोलि मृत्युमा साथ लाग्ने हुँदैनन्,
यता आज धनको छ चर्चा चलेको।
डी के यात्र
View On WordPress












