सिड्नीस्थित नेपाली रेस्टुरेन्टलाई अदालतको कडा कारबाही .
मे २०२६
अष्ट्रेलियाको सिड्नी शहरस्थित क्याम्सी क्षेत्रमा सञ्चालनमा रहेको नेपाली रेस्टुरेन्ट “खुकुरी नेपाली रेस्टुरेन्ट” लाई स्थानीय अदालतले ठूलो जरिवाना सहित बन्द गर्न आदेश दिएको छ। चर्चित नेपाली कलाकार सुस्मा कार्की कार्यरत रहेको उक्त रेस्टुरेन्टलाई अष्ट्रेलियन अदालतले करिब ३७ हजार अष्ट्रेलियन डलर जरिवाना तोकेको बताइएको छ।
अदालतको निर्णयपछि रेस्टुरेन्ट तत्काल बन्द गर्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सम्बन्धित निकायले रेस्टुरेन्टमाथि विभिन्न नियम उल्लंघनको आरोप लगाउँदै कारबाही प्रक्रिया अघि बढाएको थियो।
रेस्टुरेन्टमा नेपाली समुदायका ग्राहकहरूको उल्लेख्य उपस्थिति रहने गरेको थियो। अदालतको पछिल्लो आदेशपछि सिड्नीस्थित नेपाली समुदायमा समेत यस विषयले चर्चा पाएको छ।
घटनाबारे विस्तृत विवरण तथा अदालतको आधिकारिक निर्णय सार्वजनिक हुने क्रम जारी रहेको बताइएको छ।
© अनलाइन न्युज पोस्ट 👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .













